कोशी गाउँपालिकामा सडक दुर्घटनामा एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
८ महिनाअघि

सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका-८ अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा आज एक अज्ञात पैदल यात्रीको सडक दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भन्टाबारीले दिएको जानकारीअनुसार ट्राफिक प्रहरी पोस्ट भन्टाबारीबाट करिब २ किलोमिटर पश्चिममा रहेको उक्त स्थानमा अज्ञात सवारी साधनले ठक्कर दिँदा अनुमानित ३५ देखि ४० वर्ष उमेरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन ।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भन्टाबारीका प्रवर बनानि पुण्यप्रसाद अधिकारीको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गई लाश सुरक्षित राखिएको छ ।

लाशको मुचुल्का लगायत थप कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ ।

ठक्कर दिने सवारी साधन पहिचान नभई फरार रहेकोले हाल खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मदिराजन्य पदार्थको सेवन गरे नगरेको विषय खुल्न सकेको छैन भने तीव्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

थप विवरण अनुसन्धानपश्चात् सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०