विराटनगरको मोर्डन ऐरा स्कुलले मनायो रजत जयन्ती तथा अभिभावक दिवस

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । विराटनगरको मोर्डन ऐरा स्कुलले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार र शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्दै मोर्डन ऐराले रजत जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रजत जयन्तीको उद्‌घाटन गरेका थिए ।

सो अवसरमा उनले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले पढाइसँगै आफ्नो रुचिको क्षेत्रमा अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

प्रिन्सिपल इन्द्र राईले निरन्तरको परिश्रम, विश्वास र शैक्षिक उपलब्धिले विद्यालयलाई आज यो स्थानमा ल्याउन सकिएको बताए । कक्षा पीजी देखि स्नातक सम्म मोर्डन ऐरामा पठन-पाठन हुँदै आएको उनको भनाइ छ ।

विद्यालय तहमा ९ सय ५० र कलेज तर्फ ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका राईले जानकारी दिए ।

रजतजयन्तीका अवसरमा स्कुलले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीलाई सम्मान गरेको स्कुलका अध्यक्ष गोविन्द निरौलाले बताए ।

सो अवसरमा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका छन् । स्कुलले भजन कीर्तन प्रतियोगिता समेत आयोजना गरेको छ ।

प्रकाशित समय: शनिवार २ फाल्गुण, २०८२, २१:१७:५५
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०