विराटनगरमा ७ करोडको लगानीमा ‘मार्टर्स मेमोरियल प्लस टु’ खुल्दै, अत्याधुनिक भवनको शिलान्यास

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विराटनगरका प्रतिष्ठित शिक्षक तथा शिक्षासेवीहरूको सामूहिक लगानीमा आगामी नयाँ शैक्षिक सत्रदेखि ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ ।

विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने उद्देश्यका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यस परियोजनाको तयारी अघि बढाइएको हो ।

मार्टर्स मेमोरियल फाउण्डेसनले विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा निर्माण गर्न लागेको चारतले अत्याधुनिक शैक्षिक भवनको शनिबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।

आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भवन पूर्ण रूपमा वातानुकूलित (एसी), स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालासहितको हुने फाउण्डेसनका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।

प्रिन्सिपल श्रेष्ठका अनुसार विराटनगरको गर्मीलाई मध्यनजर गर्दै विद्यार्थीको सहजताका लागि सबै कक्षाकोठामा ‘फुल एसी’ जडान गरिनेछ ।

‘हामी सुविधासम्पन्न भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण पद्धतिबाट फरक पहिचान स्थापित गर्ने तयारीमा छौं,’ उनले भने, ‘विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ ।’

आउँदो शैक्षिक सत्रदेखि विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पठनपाठन सुरु गर्ने योजना रहेको यस संस्थाले पहिलो वर्षमै १ हजारदेखि १ हजार २ सय विद्यार्थी अटाउने क्षमताको पूर्वाधार निर्माण गरिरहेको छ ।

दीर्घकालीन रूपमा स्नातक तथा स्नातकोत्तर तहसमेत सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ ।

यस प्लस टु सञ्चालनका लागि विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जना शिक्षाकर्मीको सामूहिक लगानी रहेको छ ।

यस सहकार्यले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ मोडेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै प्याब्सन मोरङकी पूर्वअध्यक्ष सावित्री पराजुलीले सुविधासम्पन्न संरचनासहित नयाँ शैक्षिक संस्था सञ्चालन हुनु विराटनगरका लागि गौरवको विषय भएको बताइन् ।

उनले सक्षम नेतृत्व र अनुभवी टिमका कारण यो संस्था कोशी प्रदेशकै उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, प्याब्सन मोरङका अर्का पूर्वअध्यक्ष विनोदबाबु भट्टराईले विराटनगर अब उच्च शिक्षाका लागि बाहिरी सहर वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको उल्लेख गरे ।

उनले गुणस्तरीय पूर्वाधार र दक्ष जनशक्तिमार्फत सञ्चालन हुने यस्ता संस्थाले समग्र शैक्षिक वातावरणलाई प्रतिस्पर्धी र सुदृढ बनाउने धारणा राखे ।

निजी क्षेत्रको बढ्दो लगानी, आधुनिक पूर्वाधार र विविध संकायको विस्तारसँगै विराटनगर क्षेत्रीय शैक्षिक गन्तव्यका रूपमा विकास भइरहेको यो परियोजनाले पुनः पुष्टि गरेको छ ।

प्रकाशित समय: शनिवार २ फाल्गुण, २०८२, २०:४६:५९

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
१३ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२३ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२४ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०