कोडिङ किकस्टार्टको फाइनलमा प्रतिनिधित्व गर्ने हेरिटेजका दुई टोली काठमाडौं प्रस्थान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । प्रविधि र नवप्रवर्तनको क्षेत्रमा देशकै प्रतिष्ठित राष्ट्रियस्तरको कोडिङ प्रतियोगिता ‘कोडिङ किकस्टार्ट ३.०’ को अन्तिम चरणका लागि विराटनगरस्थित हेरिटेज इन्टरनेशनल स्कुलका दुई टोलीहरू छनोट भएका छन् ।

फागुन २ गते काठमाडौँमा आयोजना हुने उक्त राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन यी टोलीहरू शुक्रबार काठमाडौँ प्रस्थान गरेका छन् ।

काठमाडौँ प्रस्थान गर्नुअघि शुक्रबार विद्यालयमा एक विशेष सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुशान्त बानिया तथा सञ्चालक समितिका सदस्यहरूले फाइनलमा पुग्न सफल विद्यार्थीहरूलाई खादा ओढाएर सम्मान गर्दै जितका लागि शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापकले भने, “देशैभरिका सयौँ विद्यालयहरू सहभागी भएको यस वृहत् राष्ट्रिय प्रतिस्पर्धामा हाम्रो विद्यालयका दुईवटा टोली फाइनलमा पुग्नु गौरवको कुरा हो । यसले हाम्रा विद्यार्थीहरूको प्राविधिक क्षमता र मेहेनतलाई प्रमाणित गरेको छ ।”

प्रतियोगिताको ‘स्क्र्याच ब्लक-बेस्ड कोडिङ’ विधामा कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ का उत्कर्ष रोहन दासले प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी, भने ‘एप डेभलपमेन्ट’ तर्फ कक्षा ६ का श्रेयान्स रेग्मी, नित्यन्त मल्लिक र कक्षा ७ का शाश्वत श्रेष्ठको टोलीले आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्नेछन् ।

सानै उमेरमा यस्तो जटिल प्रविधिमा दख्खल राख्ने यी विद्यार्थीहरूको सफलताले विद्यालय परिवार निकै उत्साहित बनेको छ ।

मेरो कोडिङ क्लासद्वारा आयोजित यस प्रतियोगिताको फाइनलमा पुग्न सफल दुवै टोलीले जटिल कोडिङ चुनौती र प्रोजेक्टहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राष्ट्रिय स्तरको यस प्रतिस्पर्धामा हेरिटेजका विद्यार्थीहरूको सहभागिताले विराटनगर र समग्र कोशी प्रदेशकै शैक्षिक गरिमा बढाएको विद्यालय प्रधानाध्यापक बानियाले बताए ।

सम्पूर्ण विद्यालय परिवार र अभिभावकहरूले सहभागी विद्यार्थीहरूलाई काठमाडौँमा हुने अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना दिएका छन् ।

प्रकाशित समय: शुक्रबार १ फाल्गुण, २०८२, १८:२६:१९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०