उद्योग सञ्चालनका अड्चन फुकाउन उद्योगीहरूको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
८ महिनाअघि

विराटनगर । उद्योग विभागका महानिर्देशक र मोरङका उद्योगी व्यवसायीबीच उद्योग क्षेत्रका विद्यमान समस्या र आगामी कार्यदिशाका बारेमा छलफल भएको छ ।

उद्योग संगठन मोरङमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतसहितको टोली र संगठनका पदाधिकारीबीच छलफल भएको हो ।

Advertisement

छलफलका क्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा उद्योग व्यवसाय क्षेत्र अत्यन्तै कठिन मोडबाट गुज्रिरहेको उल्लेख गरे ।

उनले उद्योग सञ्चालनमा देखिएका नीतिगत र व्यवहारिक अड्चन फुकाउन विभागले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राठीले भने, ‘युवा जनशक्तिलाई स्वदेशमै रोक्न र उद्यमशीलता बढाउन स्टार्टअपहरूको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्छ ।’

सो अवसरमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविद्युत, उत्पादनमूलक उद्योग र सूचना प्रविधि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

स्टार्टअपहरूलाई व्यावसायिक सफलता दिलाउन विभागले छिट्टै ‘बिजनेस इन्क्युवेशन सर्भिस’ प्रारम्भ गर्ने योजना बनाएको उनले बताए ।

कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन काबराले बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम पर्याप्त भए पनि उद्योग क्षेत्रमा लगानी बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरे ।

उनले लगानीकर्तालाई कुनै निश्चित क्षेत्रमा मात्र सीमित नगराई सहज लगानीको वातावरण बनाउन माग गरे ।

त्यस्तै, संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा बिजनेस इन्कुबेशन समितिका संयोजक प्रतीक राउतले युवाहरूलाई स्वदेशमै उद्यम गर्न अभिप्रेरित गर्नका लागि सरकारले निजी क्षेत्रसँग मिलेर पूर्ण ‘औद्योगिक ईको सिस्टम’ तयार गर्नुपर्ने सुझाव दिए ।

छलफल कार्यक्रममा उद्योग विभागकी निर्देशक विष्णुमाया भट्टराईलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी उद्योगीहरूले प्रशासनिक प्रक्रियाको सरलीकरण र स्वदेशी उत्पादनको संरक्षणका लागि ठोस कदम चाल्न विभागको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०