सस्तोमा सुन दिने प्रलोभन देखाएर ६० लाख ठगी, प्रहरी हवल्दारसहित चार जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
८ महिनाअघि

काठमाडौं— सस्तो दरमा सुन उपलब्ध गराइदिने बहानामा ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा एक जना प्रहरी हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अपरेसनमार्फत चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेका छन्।

Advertisement

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आरोपीहरूले सुन खरिद गर्न आएका व्यक्तिलाई आफूहरू सीआईबीका प्रहरी भएको भन्दै डर देखाई रकम लुटपाट गरेका थिए।

एसएसपी खड्काले भने, “प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरी घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ।”

प्रारम्भिक अनुसन्धानमा आरोपीहरूले सस्तो मूल्यमा सुन उपलब्ध गराउने आश्वासन दिएर पीडितलाई रकमसहित बोलाएको र त्यसपछि प्रहरी हुँ भन्ने परिचय दिएर रकम कब्जा गरेको खुलेको छ।

घटनाले सुरक्षाकर्मीको संलग्नतामा हुने आपराधिक गतिविधिप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले यस घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०