रामेछापमा बस दुर्घटना: ६ जनाको मृत्यु, १० जनाको गोताखोर टोलीद्वारा उद्धारकार्य जारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
८ महिनाअघि

काठमाडौं । रामेछापमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको दुर्घटनामा दुई पुरुष र चार महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

Advertisement

बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको केसीले बताए। उनका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने विवरण हालसम्म खुल्न सकेको छैन। दुर्घटनापछि डुंगामार्फत उद्धारकार्य जारी रहेको छ।

०३०१–०००५ ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकाय उद्धारमा जुटिरहेका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइते तथा सम्भावित यात्रुको खोजीका लागि १० जनाको गोताखोर टोली परिचालन गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०