विदेश पठाउने नाममा ६८ लाख ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ माघ, २०८२
४ महिनाअघि

काठमाडौं । विदेश पठाउने प्रलोभन देखाएर ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० स्थित ह्याप्पी एजुकेशन कन्सल्टेन्सी का सञ्चालक, चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन्।

अध्ययन भिसामा दुई विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार रुपैयाँ असुल गरी फरार भएका उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा सिलवालले आफ्नो परिचय परिवर्तन गरी केदार प्रसाद सिलवाल का नाममा समेत ठगी गरेको खुलेको छ। उनले स्पेनमा विद्यार्थी भिसामा पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

त्यसैगरी चार जनालाई सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार ५ सय रुपैयाँ तथा स्पेन पठाउने नाममा थप तीन जनाबाट १२ लाख रुपैयाँ असुलेर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित समय: सोमबार २७ माघ, २०८२, १७:३४:४५
रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार २३ जेठ, २०८३
अण्डाको मूल्य फेरि बढ्यो
शनिवार २३ जेठ, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ कुमार थापा पक्राउ
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
साना दल
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार २२ जेठ, २०८३
चिनियाँ राष्ट्रपति उत्तर कोरिया भ्रमणमा जाँदै
शुक्रबार २२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा १२९ घरपरिवारलाई सुधारिएको चुलो वितरण
शुक्रबार २२ जेठ, २०८३
प्रधानमन्त्री शाहको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
शुक्रबार २२ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी जेल चलान
बिहिबार २१ जेठ, २०८३
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०