खोटाङमा विवाह भोजपछि १ सयभन्दा बढी बिरामी, फुड प्वाइजनिङको आशंका

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
६ महिनाअघि

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित विवाह भोजपछि सामूहिक रूपमा फुड प्वाइजनिङ भएको आशंकामा १ सयभन्दा बढी स्थानीय बिरामी परेका छन्।

भोजमा सहभागी अधिकांश व्यक्तिमा एकै प्रकारका स्वास्थ्य समस्या देखिएपछि स्थानीय तहले आकस्मिक उपचार शिविर सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाका अनुसार माघ २१ गते विवाह भोज खाएका जन्ती तथा स्थानीयहरू माघ २२ गते साँझदेखि एकपछि अर्को गर्दै बिरामी पर्न थालेका हुन्। स्वास्थ्यकर्मीका अनुसार प्रारम्भिक रूपमा ज्वरो आउने, काम्ने, झाडापखाला लाग्ने र वान्ता हुने लक्षण देखिएका छन्।

भोजमा सहभागी बेहुला–बेहुलीसमेत बिरामी परेका छन्। बिरामीको संख्या एक्कासि बढेपछि दिप्लुङस्थित निगालावास भञ्ज्याङमा स्थानीय रामकुमार राईको निवासमा अस्थायी उपचार शिविर स्थापना गरी उपचार थालिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए।

उनका अनुसार गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ तथा जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरिएको छ। बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट थप जनशक्ति र औषधि मगाइएको छ।

हालसम्म अधिकांश बिरामी उपचारपछि घर फर्किसकेका छन्। यद्यपि करिब ३५ जनाको अवस्था गम्भीर रहेकाले स्लाइन पानी, जीवनजललगायत औषधि प्रयोग गरी उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी आउने–जाने क्रम अझै जारी रहेको जनाइएको छ।

भोज खाएर फर्किएका उदयपुर र काठमाडौंलगायत स्थानका पाहुनासमेत बिरामी परेको सूचना आएको उपाध्यक्ष खड्काले जानकारी दिए। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रदेशस्तरबाट खाद्य नमुना संकलनका लागि प्राविधिक टोली बोलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए।

स्वास्थ्य अधिकारीहरूका अनुसार प्रारम्भिक रूपमा फुड प्वाइजनिङको आशंका गरिए पनि प्रयोगशाला परीक्षणपछि मात्रै वास्तविक कारण पुष्टि हुने छ। स्थानीय तहले सर्वसाधारणलाई सचेत रहन र कुनै समस्या देखिएमा तत्काल उपचारका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित समय: आईतबार २६ माघ, २०८२, ०८:२६:४३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०