बुढीगंगाको जेभियर्स स्कुलले मनायो आफ्नो वार्षिकोत्सव, सम्मानित भए विद्यार्थीहरू

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ माघ, २०८२
८ महिनाअघि

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका-२ स्थित जेभियर्स इङ्लिस स्कुलले आफ्नो ११औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

स्कुलले शनिबार वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर स्कुलले बुढीगंगा गाउँपालिकास्तरीय परीक्षा, एसइई र हिसानको वार्षिक परीक्षामा पालिकाभित्रमा उत्कृष्ट नतिजा दिन सफल विद्यार्थीलाई सम्मानित गरेको थियो ।

Advertisement

कक्षा ८ को पालिका स्तरिय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एसइईमा छात्रतर्फ विजय पौडेल र छात्रातर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रातर्फ ललिता राजवंशी र छात्रतर्फ रोहन दाहाल उत्कृष्ट भएका थिए ।

उत्कृष्ट विद्यार्थीहरूलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विद्यालयका प्रिन्सिपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतलगायतले सम्मान गरे ।

सोही अवसरमा दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ म कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पांगदेनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बूढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताए ।

उनले शिक्षामा स्वस्थ प्रतिष्पर्धा आवश्यक रहेको बताए । विद्यालय र अभिभावकवीच राम्रो समन्वय हुन सके शिक्षामा धेरै सुधार हुने उनको भनाइ छ ।

प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताए । अध्ययनसँगै विद्यार्थीमा सीप पनि आवश्यक रहेको उनले बताए । विद्यालय प्रगतिपथमा रहेको उनले बताए ।

स्कुलका प्रिन्सिपल परेश पोखरेलले कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताए ।

उनले बुढीगंगाभित्र जेभियर्सले उत्कृष्ट शिक्षा दिइरहेको दाबी गरे । स्कुलका हरेक विद्यार्थी हरेक विधामा उत्कृष्ट रहेको बताए । शिक्षासँगै सीप पनि विद्यालयले दिइरहेको उनले बताए।

स्कुलकी अध्यक्ष सरिताकुमारी राना मगरले गुणस्तरीय शिक्षाका लागि स्कुलले अहोरात्र काम गरिरहेको बताइन् ।

शिक्षक, अभिभावक, विद्यार्थी सबैको सहयोगका कारण विद्यालयले शैक्षिक उपलब्धी हाँसिल गर्न सफल भइरहेको उनले बताइन् ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनलगायतका विभिन्न विधामा प्रस्तुती दिँदै उपस्थित अतिथि, शिक्षक-शिक्षिका र अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।

जेभियर्स स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म ९५० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०