सुनसरीको देवानगञ्जमा विद्युत् सर्ट सर्किटबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
७ महिनाअघि

विराटनगर — सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा बिहीबार मध्यराति विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी हुँदा दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ।

स्थानीय रहमान अन्सारीको घरमा विद्युत् सर्ट भई आगो सुरु भएको र केही समयमै आगो फैलिँदै छिमेकी इस्राफिल अन्सारीको घरसमेत खरानी भएको प्रहरीले जनाएको छ। काठ र टिनले बनेका घरहरू भएकाले आगो छिट्टै फैलिएको स्थानीयको भनाइ छ।

आगलागीमा परेर रहमान अन्सारीकी सासूआमा जसिरा खातुन घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। साथै आगलागीका क्रममा एउटा गाई जलेर मृत्यु भएको छ।

प्रारम्भिक क्षतिको विवरणअनुसार रहमान अन्सारीको घरमा करिब ६ लाख रुपैयाँभन्दा बढी र इस्राफिल अन्सारीको घरमा ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

रातिको समय र बस्तीभित्र आगलागी भएकाले उद्धार तथा आगो नियन्त्रणमा स्थानीयवासीलाई निकै कठिनाइ भएको थियो। देवानगञ्ज र कोशी गाउँपालिकाका दमकलको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो।

घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: शुक्रबार २४ माघ, २०८२, ०९:२५:१५
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०