रंगेलीमा ससुराली नै पुगेर पत्नीको हत्या गरेका युवक पनि मृत भेटिए

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ माघ, २०८२
८ महिनाअघि

विराटनगर । मोरङको रंगेली नगरपालिकामा युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । मंगलबार बिहानका राति १ बजे रंगेली-५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।

रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार घटना बिहान २ः४५ बजेतिरको हो ।

Advertisement

मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । उनले ससुराली घरमै पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए ।

उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् ।

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ ।

घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०