चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर आज चलचित्र विकास बोर्डमा राखिने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
८ महिनाअघि

काठमाडौं – दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज चाबहिलस्थित चलचित्र विकास बोर्डमा राखिने भएको छ।

चलचित्र पत्रकार संघ नेपालका सचिव रघुनाथ सापकोटाका अनुसार सिटौलाको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट निकालेर चलचित्र विकास बोर्डमा लगिनेछ। आइतबार दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि पार्थिव शरीर अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने उनले जानकारी दिए।

Advertisement

ग्रान्डी अस्पतालले सिटौलालाई आइतबार दिउँसो १२ः४५ बजे मृत घोषित गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग चुनावी प्रचारमा हिँड्दा सिटौला अछाममा अचानक बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइयो र त्यहाँबाट स्काई ट्रकमार्फत काठमाडौं ल्याएर ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष हुन्। पछिल्लो समय उनी फिल्महरूको मिडिया संयोजकका रूपमा सक्रिय थिए भने ‘सिने अनलाइन’ पनि सञ्चालन गर्दै आएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०