विराटनगर–८ ले गर्‍यो ज्येष्ठ नागरिकलाई घरघर पुगेर स्वास्थ्य जाँचसहित कम्बल वितरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
९ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकको घरघर पुगेर स्वास्थ्य जाँच गर्दै कम्बल वितरणको कार्यक्रम प्रारम्भ गरेको छ ।

वडाध्यक्ष राम पोखरेलले मंगलबारदेखि स्वास्थ्यकर्मी साथमा लिएर वडाभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यको थालनी गरेका हुन् । वडा कार्यालयलले वडाबासी ज्येष्ठ नागरिकका लागि सराहनीय काम गरेको स्थानीय श्यामकुमार अधिकारीको प्रतिक्रिया छ ।

Advertisement

ज्येष्ठ नागरिकसँग वडा जनप्रतिनिधि कार्यक्रमअन्तर्गत रहेर वडाध्यक्ष पोखरेलले वडाबासी वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्दै उनीहरूलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन् । वडाध्यक्ष पोखरेलले आफू निर्वाचित भएयता नै ज्येष्ठ नागरिकको पक्षमा काम गरिरहेको बताउँदै त्यसैको निरन्तरता स्वरूप कम्बल वितरण गरिएको बताए ।

मंगलबार नगरप्रमुख शिल्पा निरला कार्कीको उपस्थितिमा वडा कार्यालयले स्वास्थ्य जाँचसहित कम्बल वितरण गरेको हो । ८ नम्बर वडाले मात्र नभएर महानगरपालिकाले पनि ज्येष्ठ नागरिकको हक हितका लागि काम गरिरहेको उपप्रमुख कार्कीको भनाइ छ ।

पछिल्लो तीन वर्षयता वडाले यो प्रकारको कार्यक्रम गर्दै आएको छ । पहिलो वर्ष वडाले ११७ जनालाई प्रेसर–सुगर जाँच गर्दै औषधि वितरण गरेको वडाले एउटा स्टिलको लठ्ठी, झुल, चार्जेबल लाइट, सुगरफ्री हर्लिक्स र फलफूल वितरण गरेको थियो ।

दोस्रो वर्ष १२३ जनाको स्वास्थ्य जाँच गरेर औषधि वितरण गरेको ब्रस, टेबल फ्यानसमेत दिएको थियो । यसपालि भने उमेरले आठ दशक पार गरेका १४० जना ज्येष्ठ नागरिकलाई वडाले स्वास्थ्य जाँचसहित कम्बल वितरण गरेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०