विराटनगर–८ ले गर्‍यो ज्येष्ठ नागरिकलाई घरघर पुगेर स्वास्थ्य जाँचसहित कम्बल वितरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
८ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिकको घरघर पुगेर स्वास्थ्य जाँच गर्दै कम्बल वितरणको कार्यक्रम प्रारम्भ गरेको छ ।

वडाध्यक्ष राम पोखरेलले मंगलबारदेखि स्वास्थ्यकर्मी साथमा लिएर वडाभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यको थालनी गरेका हुन् । वडा कार्यालयलले वडाबासी ज्येष्ठ नागरिकका लागि सराहनीय काम गरेको स्थानीय श्यामकुमार अधिकारीको प्रतिक्रिया छ ।

ज्येष्ठ नागरिकसँग वडा जनप्रतिनिधि कार्यक्रमअन्तर्गत रहेर वडाध्यक्ष पोखरेलले वडाबासी वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्दै उनीहरूलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन् । वडाध्यक्ष पोखरेलले आफू निर्वाचित भएयता नै ज्येष्ठ नागरिकको पक्षमा काम गरिरहेको बताउँदै त्यसैको निरन्तरता स्वरूप कम्बल वितरण गरिएको बताए ।

मंगलबार नगरप्रमुख शिल्पा निरला कार्कीको उपस्थितिमा वडा कार्यालयले स्वास्थ्य जाँचसहित कम्बल वितरण गरेको हो । ८ नम्बर वडाले मात्र नभएर महानगरपालिकाले पनि ज्येष्ठ नागरिकको हक हितका लागि काम गरिरहेको उपप्रमुख कार्कीको भनाइ छ ।

पछिल्लो तीन वर्षयता वडाले यो प्रकारको कार्यक्रम गर्दै आएको छ । पहिलो वर्ष वडाले ११७ जनालाई प्रेसर–सुगर जाँच गर्दै औषधि वितरण गरेको वडाले एउटा स्टिलको लठ्ठी, झुल, चार्जेबल लाइट, सुगरफ्री हर्लिक्स र फलफूल वितरण गरेको थियो ।

दोस्रो वर्ष १२३ जनाको स्वास्थ्य जाँच गरेर औषधि वितरण गरेको ब्रस, टेबल फ्यानसमेत दिएको थियो । यसपालि भने उमेरले आठ दशक पार गरेका १४० जना ज्येष्ठ नागरिकलाई वडाले स्वास्थ्य जाँचसहित कम्बल वितरण गरेको हो ।

प्रकाशित समय: मङ्गलबार १४ माघ, २०८२, ०९:५५:३२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०