मागेजति दाइजो नदिएका कारण २४ वर्षीया रुबी खातुनको हत्या भएको आरोप

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ माघ, २०८२
८ महिनाअघि

भोक्राहा । भोक्राहा नरसिंह गाउँपालिका–४ की २४ वर्षीया रुबी खातुनलाई विवाहमा मागेजति दाइजो नदिएका कारणले घरपरिवारले झुन्ड्याएर हत्या गरेको आरोप माइती पक्षले लगाएको छ ।

ज्वाइँ वैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखि माग्दै आएको दाइजोको सरसामान, गरगहना र जग्गा नल्याएको भन्दै सासू र ससुरा मिलेर रुबीको हत्या गरेको रुबीका ५० वर्षीय बुवा अजमल अन्सारीको आरोप छ ।

Advertisement

अन्सारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसिंह गाउँपालिका–४ का ५५ वर्षीय दाउद मियाँ र सासू ५० वर्षीय जलेशा खातुनले झुन्ड्याएर हत्या गरेको दाबी गरे ।

परिवारले मारेर झुन्ड्याए पनि आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरीसमेत लिन नमानेको अन्सारीको गुनासो छ ।

छोरी रुबीको हत्या गरेको घटना बाहिर नभन्नका लागि नातिलाई १२० रुपियाँको प्रलोभन दिएकोसमेत खुलेको मृतकका बुवा अन्सारीले बताए ।

मृतक रुबी खातुनका पाँच वर्षीय छोरा सुफियान अन्सारीले आफू र बहिनी दुई वर्षीय आसिनालाई १२० रुपियाँको प्रलोभन दिएर यो मारेको घटना कसैलाई नभन्न भनेको बताए ।

मृतकका आफन्तले दाइजोमा मागेको महँगो मोटरसाइकल र पाँच कट्ठा जग्गा नदिएको निहुँमा हत्या गरेको दाबी गर्दै न्यायको माग गरेका छन् । माघ ३ गते बिहान ५ बजेको समयमा झुन्डिएको अवस्थामा रुबीको शव फेला परेको थियो ।

रुबीको विवाह भोक्राहा नरसिंह–४ का अबुल हसन मियाँसँग भएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् ।

अन्सारीले भने, “बारम्बार मेरी छोरीलाई दुःख दिने, कुटपिट गर्ने खानलाउन पनि नदिई दुःख दिने गरेका थिए । दाइजोमा गाडी र जग्गा खोइ ल्याएको भन्दै यातना दिने गरेपछि बारम्बार पन्चायती र छलफलबाट समाधान हुँदै आएको थियो । अहिले त हत्या नै गरिदिएछन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले हत्या वा आत्महत्याको सवाल यकिन गर्न पोस्टमार्टमको रिपोर्ट अनुसार अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०