सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी, सशस्त्र प्रहरी परिचालन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १० माघ, २०८२
९ महिनाअघि

मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनीको घटना भएको छ। सुधारगृहभित्र रहेका दुई समूहबीच भएको विवाद झडपमा परिणत भई आगजनी र तोडफोडसमेत भएको हो।

झडप सुरु भएपछि थिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। अवस्था नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Advertisement

मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो। आगजनीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको थिमी प्रहरी वृत्तले जनाएको छ।

उक्त बाल सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेका छन्। हाल स्थिति नियन्त्रणमा आइसकेको भए पनि सम्भावित घटनालाई मध्यनजर गर्दै सुधारगृह क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०