नीति संवादमा व्यवसायीहरूको जोड : कृषिलाई प्राथमिकतामा राखेर नीति-निर्माण गर्नुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ पुस, २०८२
८ महिनाअघि

विराटनगर। कोशी प्रदेशका उच्च मूल्य भएका कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

विराटनगरमा मंगलबार इनोभेट नेक्स्ट इम्प्याक्ट संस्थाले आयोजना गरेको कोशी प्रदेशका निर्यात योग्य उच्च मूल्यका कृषि उपजहरूसम्बन्धी सार्वजनिक-निजी संवाद कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सरकारी निकायसँग जोड गरेका हुन् ।

कार्यक्रममा अलैँची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैँचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनुरेको गुनासो गरेका थिए ।

उनले सरकारले धेरै मूल्य पाइने तेस्रो राष्ट्रहरूमा निर्यातका लागि सहजीकरण नगरिदिएकाले भारतमै मात्र निर्भर हुनुपरेको बताएका थिए ।

चिमरियाले नेपालमा उत्पादित अलैँचीको उच्च मूल्य पाउन सोलार वा इलेक्ट्रिक डायरमा सुकाउन जरुरी रहेको र किसानलाई सरकारले अलैँची सुकाउने डायर उपलब्ध गराएर अलैँचीको गुणस्तर बढाउन आवश्यक रहेको सुझाव दिए ।

कफी व्यवसायी अभिनायक मल्लले नेपालमा कफी खेतीको राम्रो सम्भावना, पर्याप्त बजार हुँदा हुँदै पनि बजार माग अनुसार उत्पादन हुन नसकेको बताए ।

मल्लका अनुसार नेपालमा वार्षिक २ हजार २ सय मेट्रिक टन कफीको माग भए पनि हाल ५ सय ५५० मेट्रिक टन मात्रै आन्तरिक रूपमा उत्पादन भइरहेको छ ।

उनले नेपालको कफीको माग अन्तर्राष्ट्रिय बजारमा पनि उच्च रहेकाले कफीबाट पर्याप्त लाभ लिन गुणस्तर कायम राख्दै उत्पादन बढाउनु आवश्यक रहेको धारणा राखेका थिए ।

त्यस्तै, छुर्पी व्यवसायी राजेन्द्रकुमार श्रेष्ठले नेपालबाट निर्यातको राम्रो सम्भावना रहेको बताएका थिए ।

उनले विगत २० वर्ष देखि छुर्पी निर्यात गर्दै आएकोमा पछिल्लो ११ महिनामा ४ अर्बको छुर्पी निर्यात गरेको बताउँदै गुणस्तर छुर्पी उत्पादनका लागि उन्नत नश्लको गाईको पालनलाई सरकारले प्रोत्साहन गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हांगामले सङ्घीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले चाहेर पनि बजार व्यवस्थापन, निर्यात प्रवर्धन र उत्पादन वृद्धिका लागि काम गर्न नसकेको बताए ।

उनले सरोकारवालाहरूको माग अनुसारको नीति निर्माण गर्नमा समेत जोड दिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा इनोभेट नेक्स्ट इम्प्याक्टका निर्देशक तपेन्द्र चन्दले संस्थाले उद्यमीहरूलाई उद्यम गर्न, बजारीकरण र निर्यातमा सहजीकरण गरिरहेको जानकारी दिए ।

उनले संस्थाले कृषि क्षेत्रको दिगो विकासलाई ध्यानमा राख्दै कृषकको मागलाई सरोकारवाला सरकारी निकाय सम्म पुर्‍याएर कृषक र कृषिको स्तर वृद्धिका लागि कोशी प्रदेशमा सक्रिय रहेको बताएका थिए ।

इनोभेट नेक्स्ट इम्प्याक्टकी कार्यक्रम संयोजक इसीका अग्रवालले संवाद कार्यक्रममा व्यवसायीहरूले उठाएको मागहरूलाई नीति-संक्षेपमा समावेश गर्दै उक्त मागहरूको सम्बोधनका लागि सरोकारवाला सरकारी निकायमाझ पुर्‍याउने प्रतिबद्धता गरेकी थिइन् ।

संवाद कार्यक्रममा कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतको उपस्थिति रहेको संस्थाकी कोशी प्रदेश संयोजक श्वेता आचार्यले जनाइन् ।

प्रकाशित समय: मङ्गलबार १ पुस, २०८२, २१:२३:२४

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

मङ्गलबार १९ साउन, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

मङ्गलबार १९ साउन, २०८३
१० घण्टाअघि

राप्रपाले बोलायो कार्यसम्पादन समिति

मङ्गलबार १९ साउन, २०८३
१३ घण्टाअघि

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१ दिनअघि
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०