अभिषेक गिरीको अगुवाइमा विराटनगरका १५० युवा कांग्रेसमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । युवा नेता तथा सामाजिक अभियन्ता अभिषेक गिरीको अगुवाइमा विराटनगरका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति वडा नं. ८, विराटनगर महानगरपालिकाको आयोजनामा शनिबार थानगाढीस्थित सप्तकोशी बोर्डिङ छेउमा आयोजित विशेष कार्यक्रममा १५० जना युवा पुस्तालाई पार्टीमा प्रवेश गराइएको हो ।

Advertisement

उक्त कार्यक्रममा विभिन्न तहतप्कामा रहेका युवाहरूलाई नेपाली कांग्रेसको सिद्धान्त तथा विचारलाई आत्मसात गर्दै लोकतन्त्रको चीरस्थायी प्रयोजनमा समाहित गर्ने उद्देश्यले पार्टी प्रवेश गराइएको थियो।

हालै भएको जेनजी विद्रोहपछि राजनीतिक पार्टीप्रति वितृष्णा बढिरहेका बेला यो पहल विशेष महत्त्वपूर्ण मानिएको छ।

वडा सभापति सिर्जन आचार्य (मुकेश) को अध्यक्षतामा भएको कार्यक्रममा गिरी फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी अभिषेक गिरीले युवा पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको धारणा राखे ।

पार्टी प्रवेशको लहरले जेनजी समूहले कांग्रेसलाई विश्वास गरेको उनको भनाइ थियो ।

कांग्रेस बलियो भयो भने मात्रै देश र जनता बलियो हुने बताउँदै गिरीले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालासहित महासमिति सदस्यद्वय गच्छदार, रिजाल, क्षेत्रीय सभापति विनोद बस्नेत, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ४ (ख)का सभापति सुबोध निरौला, सचिव सन्तनु रेग्मी, युवा नेता कृष्ण कार्की, मुकेश घिमिरेलगायतले अविर, खादा लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

युवापुस्ताले राजनीतिमा सक्रिय भूमिका खेल्नुपर्ने माग सर्वत्र उठिरहेका बेला गिरीले युवा पंक्तिलाई संगठित गरेर कांग्रेसमा समाहित गर्न सफल भएका हुन्।

गिरी फाउन्डेसनमार्फत सार्वजनिक तथा निजी अस्पताल सुधार, सामुदायिक विद्यालय सुधार, स्वदेशमै रोजगारी, सरसफाइ अभियान, कोशी अस्पताल सुधार अभियान, वृक्षारोपण अभियान जस्ता सामाजिक कार्यहरूमा गिरी सक्रिय रहेका छन् ।

कांग्रेसको आसन्न १५औं महाधिवेशन (पुस २६–२८, काठमाडौं) अघि विराटनगर महानगरपालिकामा हुने अधिवेशनका लागि गिरी सभापतिको दाबेदारी गर्ने चर्चा तीव्र भइरहेको छ ।

उनले युवापुस्ताको साथ र पार्टीको निर्देशन भएमा नेतृत्व लिन तयार रहेको स्वीकारेका छन्।

युवा कार्यकर्ताहरू गिरीको सम्भावित उम्मेदवारीप्रति आशावादी देखिएका छन् र उनी सभापति बनेमा कांग्रेस आबद्ध मात्र नभई अन्य युवापुस्तालाई पनि समेट्न सकिने विश्वास व्यक्त गरेका छन्।

कांग्रेस विराटनगर महानगरको नेतृत्व चयनले मोरङको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले यसपटकको महाधिवेशन विशेष चासोको विषय बनेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०