विराटनगरको कान्तिपुर कलेजद्वारा चार्टर एकाउन्ट (सिए) सम्बन्धी अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ मङ्सिर, २०८२
९ महिनाअघि

विराटनगर । शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आएको विराटनगर महानगरपालिका-१० मा अवस्थितकान्तिपुर कलेजले आफ्ना विद्यार्थीहरूलाई चार्टर एकाउन्ट (सिए) सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

कलेजले नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँगको सहकार्यमा एकदिने सिएसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

महेन्द्र होटलको सभाहलमा बिहीबार भएको सिए शिक्षाको परामर्शात्मक कार्यक्रममा कान्तिपुर कलेजका शिक्षक तथा छात्र-छात्राहरूले आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले उनीहरूका कौतुहलता मेटाउने प्रयास गरे ।

सिए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई प्रष्ट पारिएको थियो ।

कार्यक्रममा कान्तिपुर कलेजका तर्फबाट प्रिन्सिपल भुवन नेपाल, कोअर्डिनेटर रोशन राजवंशी, निर्देशकहरू विष्णु दाहाल, जेबी मगर साथै इडेनबर्ग कलेजका क्याम्पस प्रमुख डिके साह र शिक्षक टेकेन क्षेत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्राचार्य नेपालले स्थापना कालदेखि वर्तमान समयसम्म कान्तिपुरबाट सिए उत्तीर्ण साथै सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा प्रकाश पारेका थिए ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा अध्ययन-अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सिपमुलक सिकाइमा जोड, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएको कारणले नै प्रत्येक वर्षको नतिजाहरूमा कोशी प्रदेशकै सर्वोत्कृष्टता प्राप्त गर्दै आइरहेको छ ।

विशेषगरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएको छ ।

आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ।

प्रकाशित समय: बिहिबार ५ मङ्सिर, २०८२, ११:०५:२२

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
६ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१६ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१७ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०