अर्किड कलेजको म्याराथनमा मुकेश र शर्मिला प्रथम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ मङ्सिर, २०८२
११ महिनाअघि

विराटनगर । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरस्थित अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।

कलेजका प्रिन्सिपल मनिष भट्टराईका अनुसार ६ किलोमिटर दूरीको यो म्याराथनमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू २ सय बढी विद्यार्थीहरुको सहभागी भएका थिए ।

Advertisement

विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउने उद्देश्यले दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले बताए ।

म्याराथनको छात्रतर्फको प्रतिस्पर्धामा मुकेश नुनिया प्रथम, प्रज्जवल कार्की द्वितीय, सौरभकुमार सरदार तृतीय र रविकुमार राँयले चौथो स्थान हासिल गरेका छन् ।

त्यसैगरी, छात्रातर्फ शर्मिला मुक्ताङ प्रथम, निरिता राजवंशी द्वितीय, कृतिका ऋषिदेव तृतीय र जेनिशा डंगोल चौथो भएकी छिन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको लगाव बढाउनुका साथै स्वस्थ जीवनशैलीका लागि प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ ।

म्याराथनका अतिरिक्त कलेजले सोही अवसरमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।

हरेक वर्ष नोभेम्बर १७ मा मनाइने अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, सन् १९३९ मा चेकोस्लोभाकियामा नाजीहरूद्वारा मारिएका विद्यार्थीहरूको सम्झनामा विश्वभर मनाउने गरिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०