अर्किड कलेजको म्याराथनमा मुकेश र शर्मिला प्रथम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरस्थित अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।

कलेजका प्रिन्सिपल मनिष भट्टराईका अनुसार ६ किलोमिटर दूरीको यो म्याराथनमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू २ सय बढी विद्यार्थीहरुको सहभागी भएका थिए ।

विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउने उद्देश्यले दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले बताए ।

म्याराथनको छात्रतर्फको प्रतिस्पर्धामा मुकेश नुनिया प्रथम, प्रज्जवल कार्की द्वितीय, सौरभकुमार सरदार तृतीय र रविकुमार राँयले चौथो स्थान हासिल गरेका छन् ।

त्यसैगरी, छात्रातर्फ शर्मिला मुक्ताङ प्रथम, निरिता राजवंशी द्वितीय, कृतिका ऋषिदेव तृतीय र जेनिशा डंगोल चौथो भएकी छिन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको लगाव बढाउनुका साथै स्वस्थ जीवनशैलीका लागि प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ ।

म्याराथनका अतिरिक्त कलेजले सोही अवसरमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।

हरेक वर्ष नोभेम्बर १७ मा मनाइने अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, सन् १९३९ मा चेकोस्लोभाकियामा नाजीहरूद्वारा मारिएका विद्यार्थीहरूको सम्झनामा विश्वभर मनाउने गरिन्छ ।

प्रकाशित समय: सोमबार २ मङ्सिर, २०८२, १६:५१:१५

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०