जेनजी आन्दोलनमा निजी क्षेत्रमा ८० अर्बको क्षति

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ६ असोज, २०८२
१ वर्षअघि

विराटनगर । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहितको प्रतिनिधि मण्डलले यस्तो प्रारम्भिक क्षति औँल्याएको हो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन रहेको बताए ।

ढकालले ठुलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको जानकारी प्रधानमन्त्रीलाई गराए ।

महासंघ र परिसंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको जनाएका छन् ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिले क्षतिको बिमादाबी प्रव्रिmया द्रुत हुनुपर्ने र दाबीको आधा रकम सुरुमै भुक्तानी हुने प्रबन्ध गरिदिन आग्रह गरेका थिए ।

यसमा अर्थमन्त्री रामेश्वर खनाल पनि संवेदनशील रहनुभएको पाण्डेले जानकारी गराए ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले बेहोरेको अकल्पनीय नोक्सानीले अब लगानी किन गर्ने भन्ने गम्भीर प्रश्न उठेको भन्दै निजी क्षेत्रलाई अब एकीकृत सुरक्षा रणनीति बनाई लगानीकर्ताको खस्केको मनोबल उकास्न वित्तीय सहजताका उपायसमेत ल्याउन आग्रह गरेका थिए ।

छलफलमा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न पनि निजी क्षेत्रका प्रतिनिधिले माग गरे ।

यसै गरी सहुलियतपूर्ण कर्जा र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान आयातमा प्रभावित व्यवसायीलाई भन्सारलगायत शुल्कमा छुट दिन पनि आग्रह गरिएको छ ।

छलफलमा महासंघ अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा लगाउन सकिने हुँदा त्यसलाई खर्चका रूपमा देखाउन पाउने र अन्य सहजीकरण आवश्यक रहेको औँल्याए ।

छलफलका क्रममा चालु पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदानलगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०