एघार हजार कैदी अझै फरार, समाजमा बढ्यो सुरक्षाको चिन्ता र त्रास

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ भदौ, २०८२
१ वर्षअघि

काठमाडौं । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका अधिकांश कारागारबाट भागेका १३ हजारभन्दा बढी कैदीमध्ये अधिकांश अझै फरार रहँदा समाजमा सुरक्षाको चिन्ता र त्रास बढेको छ ।

फरारमध्ये झन्डै साढे दुई हजार कैदी थुनुवा र बालबन्दी (बालबिझ्याइँकर्ता) कारागारको सम्पर्कमा आएका छन् ।

Advertisement

तर गम्भीर प्रकृतिका अपराधमा संलग्न अधिकांश कैदी फरार रहेका कारण समाजमा भने सुरक्षाको चिन्ता बढेको छ ।

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित झन्डै ११ हजार कैदी फरार छन् ।

कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार शुक्रबार दिउँसोसम्म करिब दुई हजार कैदीबन्दी आफैँ सम्पर्कमा आएका छन् ।

फरार सबै कैदीबन्दीलाई जतिसक्दो छिटो कारागार फर्किन आग्रह गर्दै महानिर्देशक शर्माले भने, “आफैँ कारागार फिर्ता नहुने कैदीलाई तत्काल पक्राउ गरी थप कसुर सरह जीवनभर कुनै पनि माफी मिनाह हुने छैन ।”

शर्माले सुरक्षाको अवस्थाका कारण केही कैदी कारागारबाहिर निस्कने अवस्था भए पनि फैसला गर्ने निकाय (अदालत) को आदेशबिना कारागारबाहिर बस्न नमिल्ने भएकाले सबै कैदीबन्दीलाई तत्काल सम्बन्धित कारागारमा फर्किन आग्रह गरे ।

कारागार व्यवस्था विभागले फरार रहेका सबै कैदीलाई तत्काल पक्राउ गरी कारागारमा फर्काउन, सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।

यसका साथै विभागले नागरिक समाज र विभिन्न सरोकारवाला निकायसँग त्यस्ता व्यक्तिको जानकारी उपलब्ध गराई कानुनी दायरामा ल्याउन सहयोग गर्न पनि आग्रह गरेको छ ।

नवयुवा पुस्ता (जेनजी) ले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भएपछि सुरक्षाको कारण देखाउँदै भदौ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएको सूचनापछि अन्य कैदीले जेल नै तोडफोड गरी भाग्ने क्रम सुरु भएको थियो ।

यो क्रमलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदी जेल तोडेर भागी फरार भएपछि समाजमा त्रास बढेको छ ।

अधिकांश प्रहरी युनिट प्रदर्शनकारीले ध्वस्त पारेका कारण प्रहरीको अनुपस्थितिमा त्यस्ता अपराधीले कुनै घटना गर्न नसकून् भनी स्थानीय नै एकताबद्ध भई टोल समाजको सुरक्षा दिन थालेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०