नेपाली राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की को हुन् ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । राजनीतिक सहमति जुटेसँगै मुलुकले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

Advertisement

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

यससँगै उनी नेपाली राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उनी सरकारको नेतृत्व गर्दै छिन् ।

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन् ।

इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित छिन् ।

निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित व्यक्तित्व हो ।

उनको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् ।

कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन ।

उनले आफ्नो कार्यकालमा जनतामाझ न्यायपालिकाको छवि पुनर्स्थापित गर्ने महत्वपूर्ण योगदान दिनुभएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०