नेपालको कारागारबाट भागेका कैदीहरूलाई भारतीय प्रहरीले समात्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ भदौ, २०८२
१ वर्षअघि

रौतहट । गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबिले नियन्त्रणमा लिएको छ ।

गौर बैरगनिया सिमानाकाबाट भारततर्फ प्रवेश गर्ने क्रममा भारतीय सीमामा एसएसबीले नियन्त्रणमा लिएका छन् । जेनजीको आन्दोलनपछि भारतीय एसएसबीले सीमानाकामा कडाइ अपनाएका छन् ।

Advertisement

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका –४ का जितेन्द्र गिरी र राजेश पटेल, गौर नगरपालिका –५ का विवेक मिश्र, गरुडा नगरपालिका –५ का गणेश साह र रणधीर यादव, गढिमाइ नगरपालिका –१ का सन्तोष राम, इशनाथ नगरपालिका –२ का राजन साह सोनार, दुर्गाभगवति गाउँपालिका –४ का अजय यादव र देवाही गौनाही नगरपालिका –५ का मोहन साह रहेका छन् ।

त्यस्तै, भारत पूर्वी चम्पारण घोड़ासाहन बसबरियाका मोनु जायसवाल, घोड़ासाहन महुआई–७ का राकेश कुमार, चिरैया थाना क्षेत्र दीपही–२ का मुनिफकुमार यादव र सीतामढी जिल्ला मेजरगञ्ज थाना मडपा सिरपालका सुधीर कुमारमहतो रहेका छन् ।

बैरगनिया थाना प्रमुख उमाशंकर रजकले पक्राउ परेका गौर –५ का विवेक मिश्र बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणमा फरार अभियुक्त रहेकाले उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको बताए ।

अन्य १२ कैदीबन्दिलाई बैरगनिया प्रहरी नियन्त्रणमा राखिएको छ । उच्च अधिकारीहरूको निर्देशनपछि नेपाल प्रहरीको जिम्मा लगाउने उनले बताए ।

गौर कारागारमा रहेका २ सय ९१ जना कैदी बन्दी मध्ये २ सय ६० जना कैदीबन्दी मंगलबार राति फरार भएका थिए ।

फरार कैदी बन्दीहरूमध्ये ३१ जनालाई मंगलबार राति नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । अहिले पनि दुई सय १६ जना कैदीबन्दी फरार नै रहेको छ ।

फरार कैदी बन्दिको खोजी कार्य जारिरहेको कारागार कार्यालय रौतहटका प्रमुख मनिष झाले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०