जेनजीले खरानी बनायो सुशील र उर्बीको सपना

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । जेएनजी समूहले इटहरी उपमहानगरपालिकाका उद्यमीहरूको सपना र परिश्रमलाई समेत खरानी बनाइदिएको छ ।

जेनजी पुस्ताको प्रदर्शनअन्तर्गत मंगलबार इटहरी उपमहानगरपालिकाको प्रशासनिक भवन जलाउने क्रममा ब्युटिपार्लर समेत जलाइएको हो ।

Advertisement

तोडफोडको लहरले निजी घरहरूलाई मात्र नभई मार्टिन मेकअप स्टुडियो एण्ड ट्रेनिङ एकेडेमीलाई समेत अछुतो राखेन ।

युवतीहरूको सीप, महिलाहरूको आत्मनिर्भरता र धेरै विद्यार्थीहरूको भविष्यलाई टेकेको यो तालिम केन्द्र एकैछिनको भीडको उन्मादमा भत्किएको छ ।

लाखौं मूल्य बराबरका कस्मेटिक्स ब्रान्ड, तालिमका उपकरण र विभिन्न महत्वपूर्ण कागजातहरू ध्वस्त भएका छन् ।

आगजनीसँगै पसिना–रगतले कमाएको सम्पत्ति खरानीमा परिणत भएको सञ्चालक सुशील स्वेच्छा र उर्बी श्रेष्ठले दुखेसो पोखे ।

आँसु सम्हाल्दै स्वेच्छा भन्छन्, “हामीले दिनरातको मेहनतले यो संस्थालाई निर्माण गरेका थियौं । यो केवल व्यवसाय मात्र थिएन, सयौं युवतीहरूको भविष्य बोकेको आशाको चौतारी थियो । तर एकै क्षणमा सबथोक ध्वस्त भयो । हाम्रो आवाज राज्यले सुन्नुपर्छ, पीडालाई सम्बोधन गर्नुपर्छ भन्ने चाहना मात्रै हो ।”

तोडफोड र आगोको धुवाँले इटहरीको आकाश मात्र होइन, त्यहाँको समाजको मन पनि धमिलो बनाएको उनको भनाइ छ ।

कोही प्रशिक्षार्थीहरू आँसु झार्दै चुपचाप खरानी चहार्छन्, कोही अभिभावकहरू छोराछोरीको भविष्यबारे चिन्तित छन् । यो घटना केवल सम्पत्तिको नोक्सानी होइन, श्रम, सपना र विश्वासको चिरा हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०