एमाले पार्टी सदस्यको संख्या ३० प्रतिशतले बढेर ६ लाख ६२ हजार नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० भदौ, २०८२
१ वर्षअघि

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि भएको छ।

ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले पार्टी सदस्यको संख्या ३० प्रतिशतले बढेर ६ लाख ६२ हजार नाघेको जानकारी दिए ।

Advertisement

उनका अनुसार १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले संगठित सदस्य सङ्ख्या वृद्धि भएको हो ।

अहिले ६ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य संख्या छ । एक लाख ५० हजार सदस्यहरू संगठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए ।

पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् ।

प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् ।

त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सांगठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् ।

जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका छन् ।

आज दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेन जारी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०