नेपालकै पहिलो फ्रिलान्स प्लेटफर्म ‘यहाँ छ डटकम’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलाइन्स प्लेटफर्म ‘यहाँ छ डटकम’ सार्वजनिक गरिएको छ ।

झापाको बिर्तामोडस्थित किंङसवेरी सोमबार एक भव्य समारोहबीच व्यवसायिक अनलाइन पोर्टल ‘यहाँ छ’  सार्वजनिक गरिएको हो ।

Advertisement

बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले रुटडेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले निर्माण गरेको व्यवसायिक अनलाइन पोर्टल सार्वजनिक गरिन् ।

प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।

प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नु परे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए ।

उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जो कोहिले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिने बताए ।

स्वदेशमा रोजगार छैन भन्नेहरूलाई उनले प्रविधिको ज्ञान भए विदेश जानु नपर्ने अवगत गराए ।

सन् २०१६ देखि अन्तर्राष्ट्रियस्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो ।

अनलाइन सेवामार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगार र सीपलाई जोड्ने माध्यमका रूपमा सार्वजनिक गरिएको ‘यहाँ छ’ ले दुवै पक्षका समस्याहरू समाधान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले युवाहरूले नेपालमै सम्भावना देखाउन गरेको प्रयासको प्रशंसा गरे ।

केही हुँदैन भन्नेहरूका लागि यो कामले बलियो उदाहरण पेश गरेको उनको भनाइ थियो । प्रविधिको युगमा अति आवश्यक अनलाइन व्यवसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद समेत दिए ।

सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

सल्लाहकार रविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०