विराटनगर । जनगायक जेबी टुहुरेको चौथो स्मृति दिवस तथा सम्मान–२०८२ विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ।
शनिबार विराटनगर–५ स्थित एभरेष्ट सेकन्डरी बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा टुहुरेको योगदानप्रति स्मरण गर्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले जेबी टुहुरेले नेपाली समाज र संस्कृति उन्नयनमा पुर्याएको योगदान अमूल्य रहेको स्मरण गरेका थिए।
जनतामाझ लोकप्रिय बनेका उनका गीत–संगीतले सामाजिक चेतना र समानतामूलक विचारलाई सधैं अगाडि बढाएको भन्दै उपस्थितहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका योगदानकर्तालाई ‘जेबी टुँहुरे सम्मान’ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
जेबी टुहुरे फाउन्डेसनले हरेक वर्ष उनको स्मृतिमा स्मृति दिवस कार्यक्रम गर्दै आएको छ।