‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा वक्तृत्वकला : प्रथम बन्दै श्रेयासीले जितिन् १० हजार

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ भदौ, २०८२
१ वर्षअघि

विराटनगर। विराटनगरमा सम्पन्न अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा इटहरीस्थित सुष्मा गोदावारी कलेजकी छात्रा श्रेयासी भट्टराई प्रथम बनेकी छन् ।

सडक दुर्घटनामा परी मृत्यु भएका लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्ष पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा शुक्रबार आयोजित प्रतियोगितामा प्रथम बनेकी उनले १० हजार रुपैयाँ नगद जितेकी थिइन् ।

साथै, श्रेयासीलाई मेडल, ट्रफी, प्रमाणपत्र, १ वर्षको लाइफ इन्स्योरेन्स, ३ महिनाको जिम सब्सक्रिप्सन निःशुल्क र ३/४ वटा क्याफेबाट फुड कुपन प्रदान गरिएको थियो ।

यसैगरी, प्रतियोगितामा दोस्रो हुँदै सुकुना बहुमुखी क्याम्पसका कुसुम नेपालले नगद रु ५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र र फुड कुपन पाउँदा तेस्रो भएकी सत्यनारायण स्कुलकी भैरवी निरौलाले रु ३ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र फुड कुपन पाएकी थिइन् ।

विराटनगरको ग्रिनल्यान्ड कलेजकी गनिका यादवलाई चौथो हुँदै रु १५ सय रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै प्रतियोगीहरूलाई प्रमाणपत्र र अतिथिहरूलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।

लियो क्लब अफ विराटनगर योङ हर्टको आयोजनामा भएको प्रतियोगितामा १७ वटा शैक्षिक संस्थाबाट कुल २७ जना प्रतिभागीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, सत्यनारायण सेकेन्डरी स्कुल, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल, एभरेस्ट सेकेन्डरी स्कुल, मेरिल्यान्ड कलेज, कान्तिपुर कलेज, ग्रिनल्यान्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, सिद्धार्थ कलेज, अर्किड कलेज, सुष्मा गोदावारी कलेज, इटहरी नमुना कलेज, बिएसएन स्कुल अफ होटल म्यानजमेन्ट, सुकुना बहुमुखी क्याम्पस र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले सहभागिता जनाएका थिए ।

करिब २५० दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रममा ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा वक्तृत्व प्रतियोगिता भएको थियो ।

कार्यक्रमको मुख्य अतिथिमा लायन ईन्द्र खत्री (राजन) रहेका थिए भने विशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव र लायन्स क्लब अफ विराटनगर योङ हर्टका द्वितीय उपाध्यक्ष पंकजकुमार बहेतीको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको न्यायाधीशमा डा. सन्देशदास श्रेष्ठ, डा. दिल्ली प्रसाई र बीएफएम ९१.२ की प्रबन्ध निर्देशक निशा खुसी रहेका थिए ।

लियो क्लब अफ विराटनगर योङ हर्टका सभापति कुशल कोइरालाको नेतृत्वमा आयोजित कार्यक्रममा प्रथम उपाध्यक्ष प्रश्रित ढकाल, कोषाध्यक्ष विकाश दाहाल र कार्यक्रम संयोजक प्रथम ओझाको सक्रियता रहेको थियो ।

कार्यक्रममा विभिन्न लायन्स र लियो क्लबका पूर्व अध्यक्षहरू, जिल्ला अध्यक्षहरू र पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक जिनियस ग्रुप इन्टरनेसनल एजुकेसन प्रा.लि. रहेको थियो ।

प्रकाशित समय: शनिवार १४ भदौ, २०८२, १५:५४:०४

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०