अधुरो प्रेमको दर्दनाक परिणाम : रुबीसँगै अस्ताए लक्ष्मण पनि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ । पासवानको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

पासवान आफैँले बुधबार बिहान आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको थियो ।

Advertisement

गरुडामा उपचार सम्भव नदेखिएपछि पासवानलाई थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको थियो । पक्राउ परेका पासवानले गरुडास्थित अस्पतालमा उपचारमा संलग्न डाक्टरलाई बताए अनुसार झगडा परेपछि रुबिको हत्या गरेको बताएका थिए ।

रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ । मलेसियाबाट पासवानले ल्याएको सुटकेश र डोरी हत्यामा प्रयोग गरिएको छ ।

प्रहरीले आफूलाई कारबाही गर्न नसक्ने भन्दै १० वर्ष वा २० वर्षको जेल सजाय आफूले गरेको अपराधको सजाय नभएको भन्दै मरेर रुबी नजिक जानु नै आफ्नो अन्तिम लक्ष्य रहेको पासवानले बोलेका छन् ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् । आफ्नो जिउमा आगो लगाउनु केही बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

पासवानले छातिमा प्रेमिका रुबीको ट्याटु बनाएका छन् भने हातमा समेत माई हर्ट रुबीकुमारी नामको ट्याटु बनाएका थिए । विद्यालय पढ्दादेखि नै रुबीसँग प्रेम परेको मर्नु अघि पासवानले बनाएको भिडियोमा बोलेका छन् ।

सामाजिक सञ्जालमा अपलोड गरिएको उक्त भिडियोमा रुबी साह हत्याका आरोपित पासवानले रुबीको आमा, भिनाजु र देवरमाथि गम्भीर आरोप लगाएका छन् ।

पासवानको भिडियो अनुसार रुबिकी आमा, भिनाजु र देवरले रुबिलाई पैसाको लोभमा अनैतिक सम्बन्ध बनाउन बारम्बार दबाब दिने गरेको र त्यही कारण रुबी चिन्तामा हुँदा आफूहरूमा झगडा हुने गरेको बताएका छन् ।

उनले भिडियोमा रुबिकी आमा निकै लोभी रहेको र अरूको धनसम्पती हेरेर उनलाई धेरै डाह हुने बताएका छन् । राजन महतोले रुबीलाई धेरै लोभ देखाउने भए पनि रुबी जान नमानेको अनि उसको आमाले नै त्यो केटासँग जान भनेको आरोप पासवानको छ ।

अर्का राजु भन्ने राजा नामका व्यक्तिले रुबीलाई आफूसँग सम्बन्ध बनाएमा गाडी दिने भन्दै प्रलोभनमा पारेको पासवानले बताएका छन् । यता, रुबीको देवरले पनि उनी नुहाइरहेको बेला लुकेर उनको भिडियो बनाएको र आफूसँग सम्बन्ध बनाउन बाध्य बनाएको आरोप पासवानले लगाएका छन् ।

हत्यापछि रुबीलाई सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडकखण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०