खेलकुद महासंघद्वारा विधान महाधिवेशनलाई सुझाव: ओलीबिनाको एमाले कल्पना गर्न सकिँदैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ भदौ, २०८२
१ वर्षअघि

काठमाडौँ। नेपाल खेलकुद महासंघले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई सुझाव पेस गरेको छ। आज एमालेको केन्द्रीय कार्यालय च्यासलमा महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको टोलीले एमालेका महासचिव शंकर पोखरेललाई सुझाव पेस गरेको हो।

महासंघले सुझाव पेस गर्दै वर्तमानको राजनीतिक अवस्थामा एमालेबिनाको मुलुक र अध्यक्ष केपी शर्मा ओलीबिनाको एमाले कल्पना गर्न नसकिने उल्लेख गरेको छ। महासंघले केन्द्रीय कमिटीले २ कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय गरिसकेकोले उक्त प्रस्तावलाई स्वीकार गरि विधान संसोधन गर्नु पर्ने सुझाव पेस गरेको छ।

Advertisement

त्यस्तै, महासंघले एमालेका अध्यक्ष ओलीलाई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियानका परिकल्पनाकार र राष्ट्रवादी राजनेताको रुपमा सम्बोधन गर्दै विधान महाधिवेशनबाट २०८४ को आमनिर्वाचनमा ओलीको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने लक्ष्य पूरा हुने विश्वास लिएको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने कुरा चलिरहँदा महासंघले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावक भैसकेको व्यक्तिले पुन: पार्टी राजनीतिमा फर्किने कुरा सुहाउँदो नहुने भन्दै भन्दै सम्मानित पदमा रहन उपयुक्त हुने सुझाव दिएको छ।

महासंघका अध्यक्ष बस्नेतले विधान महाअधिवेशनबाट ‘एक पालिका एक सामुदायिक खेल मैदान’, ‘एक प्रदेश, एक आधुनिक रङ्गशाला निर्माण’, खेलाडीहरूलाई छात्रवृत्ति र निशुल्क बिमा, अपांगतामैत्री स्पोर्ट्स कम्प्लेक्सको निर्माण जस्तै खेलकुद सम्बन्धी कार्यक्रमलाई पार्टीको दस्तावेज तथा घोषणापत्रमा समेट्नु पर्ने सुझाव समेत पेस गरेको जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०