त्रिविको स्नातकोत्तर तहमा नेपाली विषयको पाठ्यक्रम बनाउँदा गम्भीर लापरबाही

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ भदौ, २०८२
१ वर्षअघि
Tribhuvan University Nepal

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा ६ महिनाअघि मात्रै लागू गरेको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

स्नातकोत्तर तहमा पढाइ हुने नेपाली विषयको पाठ्यक्रम निर्माणमा गम्भीर लापर्बाही भएको देखिएपछि त्रिविले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

Advertisement

उक्त पाठ्यक्रम निश्चित व्यक्ति र समूहको स्वार्थबाट प्रेरित भएर निर्माण भएको देखिएको छ ।

नेपाली विषयको पाठ्यक्रम निर्माण गर्दा तत्कालीन विषय समितिका प्रमुखलगायतले पूर्वाग्रही र निषेधात्मक प्रणाली अवलम्बन गरेको तथा आफ्नै कृतिका विषयसूची हुबहु नयाँ पाठ्यक्रममा समावेश गरेको आरोप लागेको थियो ।

यस विषयमा अध्ययन गर्दा पाठ्यक्रम निर्माणका क्रममा त्रुटि देखिएपछि उपकुलपतिको अध्यक्षतामा रहने विद्या परिषद् र डिनको अध्यक्षतामा रहने प्राज्ञिक परिषद्ले तत्काल पाठ्यक्रम परिमार्जन गर्न केही दिनअघि नेपाली केन्द्रीय विभागलाई निर्देशन दिएको छ ।

त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा कृष्ण न्यौपानेले हाल कार्यान्वयनमा रहेका पाठ्यक्रमको एक चक्र पूरा हुन दिने र स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा अब नयाँ भर्ना हुने विद्यार्थीका लागि परिमार्जित पाठ्यक्रम लागु गराउन लागिएको बताए ।

“विद्या परिषद् र प्राज्ञिक परिषद्बाट निर्णय गरेर हामीलाई निर्देशन आएको छ । आउने शैक्षिक सत्रदेखि परिमार्जित पाठ्यक्रम लागु गर्छौं,” उनले भने ।

दुवै परिषद्ले नेपाली केन्द्रीय विभागलाई तत्काल नयाँ पाठ्यक्रम लागु गर्न निर्देशन दिएको भए पनि सार्वजनिक रूपमा नकारात्मक सन्देश जाने हुनाले यसअघि भर्ना भएका विद्यार्थीलाई भने पुरानै पाठ्यक्रम अनुसार नै पढाइ समाप्त गर्न दिइने त्रिविले जनाएको छ ।

स्नातकोत्तरमा नयाँ पाठ्यक्रम निर्माण गर्दा लैङ्गिक, वैचारिक र क्षेत्रीय समावेशीकरणविपरीत पूर्वाग्रही र निषेधात्मक रहेको आरोप लगाइएको थियो ।

साथै लोकतान्त्रिक र समावेशी सिद्धान्तको विरुद्धमा रहेको, नारीवादी दृष्टिकोणका साहित्यका स्थापित पाठ पाठ्यक्रमबाट हटाइएको, नेपाली साहित्यको मूल धारमा रहेको प्रगतिवादी धारालाई हटाइएको आरोपसहित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको थियो ।

समितिले उजुरीमार्फत लगाइएको आरोपमाथि एकसरो अध्ययन गर्दा गम्भीर प्रकृतिको देखिएपछि त्रिविलाई पत्राचार गरेको थियो ।

महिला साहित्यकार समूहका तर्फबाट समितिमा दिइएको निवेदनमा तत्कालीन नेपाली विषय समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलको ‘डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९)’ कृतिको विषयसूची हुबहु सारिएको आरोप लगाइएको थियो ।

निवेदनसँगै पेस गरिएको प्रमाण अध्ययन गर्दा लुइटेलको पुस्तकमा समावेश गरिएका र स्नातकोत्तर तहमा पढाइ हुने ‘आप्रवासी नेपाली साहित्य (६०५.३)’ शीर्षकको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुको विषय हुबहु मिलेको देखिन्छ ।

लुइटेल त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुन् ।

महिला साहित्यकार समूहका संयोजक रीता खत्रीले डायस्पोराको सैद्धान्तिक स्वरूप कृतिको विषयसूचीमा हुबहु राखिनुका साथै पाठ्यघण्टा र पाठ्यक्रममा समेत असन्तुलन रहेको आरोप लगाए ।

पाठ्यक्रममा एकलौटी गरेको विषयमा महिला साहित्यकार समूहका तर्फबाट यसअघि विश्वविद्यालयका शिक्षाध्यक्ष, मानविकी तथा सामाजिकशास्त्र संकायका डिन र नेपाली मूल विषय समितिका अध्यक्षलाई तथ्यसहित ध्यानाकर्षण गराइएको थियो ।

महिला साहित्यकार समूहका अनुसार नयाँ भनेर लागु गरिएको पाठ्यक्रममा ६२ वटा साहित्यिक पाठमध्ये महिला साहित्यकारका पाठ दुई वटा मात्र छन् ।

जुन कुल पाठको तीन प्रतिशत मात्रै हुन आउँछ ।

नयाँ पाठ्यक्रम असन्तुलित, एकपक्षीय, संविधानले अवलम्बन गरेको समावेशीकरणको सिद्धान्तविपरीत रहेको जिकिरसहित नेपाली भाषा, साहित्य तथा दर्शनका अध्येताले पनि विरोध गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०