वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ भदौ, २०८२
११ महिनाअघि

एजेन्सी  । पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए ।

सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो ।

वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए । सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताए ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन् । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिए।

प्रकाशित समय: शनिवार ७ भदौ, २०८२, ०८:२८:५६

सम्बन्धित खबर

देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 

मङ्गलबार १२ साउन, २०८३
३ घण्टाअघि

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू

मङ्गलबार १२ साउन, २०८३
७ घण्टाअघि

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
१० घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
१३ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ दिनअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
१ दिनअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०