ग्रिनल्यान्ड कलेजमा साइबर अपराध नियन्त्रणका लागि विद्यार्थीलाई प्रशिक्षण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको ग्रिनल्यान्ड कलेजले आफ्ना विद्यार्थीहरूलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

विराटनगर-९ मा अवस्थित कलेजले शुक्रबार साइबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ कक्षा १२ का विद्यार्थीहरूलाई विशेष प्रशिक्षण दिएको हो ।

विराटनगरको रुविज होटलको सभाहलमा आयोजित साइबर अपराध नियन्त्रण प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जाल, इमेल, अनलाइन कारोबारलगायत इन्टरनेट प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिइएको कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

विद्यार्थीहरूलाई समुदायमा प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक अप्रिल चापागाइले  साइबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धिबारे प्रशिक्षण दिएका थिए ।

उनले पछिल्ला दिनमा साइबर अपराध तीव्र रूपमा बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई सचेत भएर इन्टरनेट प्रयोग गर्न सुझाए ।

इन्टरनेटको सदुपयोग नगरेसम्म अपराध रोक्न नसकिने उनले उल्लेख गरे ।

कार्यक्रममा व्यक्तिगत पासवर्ड सुरक्षा, डिजिटल डाटा संरक्षण, ठगीबाट जोगिने उपाय र अनलाइनमा हुने असुरक्षित गतिविधिबाट बच्ने तरिकाबारे व्यावहारिक सिप प्रदान गरिएको थियो ।

प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीहरूलाई प्राप्त भएको प्रशिक्षणले भविष्यमा उनीहरूलाई सुरक्षित डिजिटल नागरिक बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनले विद्यार्थीहरूलाई पढाइका अतिरिक्त जीवन उपयोगी शिक्षा प्रदान गर्नु अहिलेको आश्यक रहेको बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष रविन्द्र घिमिरे, संचालक रोशन मेहता, शिव रतन साह लगायत दुई सय बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

कम्प्युटर विज्ञान,  व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय: शुक्रबार ६ भदौ, २०८२, २१:०७:३४

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०