पाथीभराबाट फर्किँदै गरेका तीर्थयात्री बोकेको भ्यान झापामा दुर्घटना, ९ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । ताप्लेजुङको प्रशिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्किका दर्शनार्थी बोकेको भ्यान शुक्रबार बिहानका राति झापामा दुर्घटनाग्रस्त हुँदा नौ जना घाइते भएका छन् ।

बुद्धशान्ति गाउँपालिका–३ धर्मकाँटास्थित मेची राजमार्गमा प्रदेश १–०१–००१ ज ४०८८ नम्बरको इभी भेन आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री सवार भ्यान बिर्तामोडतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित नौ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चालक समेत भ्यानका धनी ताप्लेजुङ फुङलिङ नगरपालिका–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू, ३४ वर्षीय प्रेम यौङहाङ, ३२ वर्षीय टीका लिम्बू, झापाको अर्जुनधारा नगरपालिका–१० का ४४ वर्षीय विजय लिम्बू, ४२ वर्षीया मनकुमारी लिम्बू, दमक नगरपालिका–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीया रीता धिमाल रहेका छन् ।

सबै घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बी एन्ड सी अस्पताल, बिर्तामोडमा भइरहेको प्रहरी प्रवक्ता खड्काले बताए । उनले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०