भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
१ वर्षअघि

एजेन्सी । भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा राखेमा उनीहरूलाई हटाउने विधेयक बुधबार प्रस्तुत गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका केही विरोधीहरूले हालैका वर्षहरूमा आपराधिक अनुसन्धान वा मुद्दाको सामना गर्नुपरेको छ, जसमा गत वर्ष दुई राज्यका मुख्यमन्त्रीहरू पनि परेका छन्।

Advertisement

पक्राउ पर्नेमा राजधानी दिल्लीका तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले रक्सीको लाइसेन्स वितरणबाट घूस लिएको आरोपमा कैयौँ महिना जेल बस्नुपरेको थियो ।

यद्यपि, उनले कुनै पनि गलत कामको खण्डन गरेका छन् र आरोपहरूलाई उहाँले प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) सरकारको ‘राजनीतिक प्रतिशोध’को रूपमा चित्रण गरेका छन् । झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई भ्रष्टाचारको आरोपमा सन् २०२४ फेब्रुअरीमा गिरफ्तार गरी जेल चलान गरिएको थियो ।

विधेयक प्रस्तुत गर्ने भारतीय गृहमन्त्री अमित शाहले सरकार ‘नैतिकताको मूल्य वृद्धि होस्’ भन्ने चाहेको बताएका छन् ।

विधेयकमा पाँच वर्ष वा सोभन्दा बढी जेल सजाय हुने कसुरमा एक महिना हिरासतमा राखिएमा राजनीतिज्ञलाई मन्त्री पदबाट हटाउन बाध्य पारिनेछ ।

निर्वाचन सुधारका लागि काम गर्ने संस्था ‘इन्डियाज एसोसिएसन अफ डेमोक्र्याटिक रिफम्र्स’ले ५४३ जना निर्वाचित राष्ट्रिय सांसदमध्ये करिब आधामाथि आपराधिक मुद्दा रहेको जनाएको छ ।

ती २१५ घटनामध्ये १७० मा बलात्कार, हत्या, ज्यान मार्ने प्रयास र अपहरणजस्ता गम्भीर अभियोग लगाइएको छ ।

यद्यपि, भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादीका जोन ब्रिटासले भने, ‘भारतमा ‘प्रतिशोधपूर्ण राजनीतिको युगमा यो विधेयक कार्यान्वयनमा आएमा विपक्षी नेताहरूविरुद्ध केन्द्रीय निकायहरू तैनाथ गरिनेछ र प्रावधानहरू गलत उद्देश्यका लागि दुरुपयोग गरिनेछ।’

पश्चिम बङ्गालराज्यकी मुख्यमन्त्री ममता बेनर्जीले भने, ‘प्रस्तुत विधेयक ‘न्यायिक जाँचलाई मौन राख्ने, संवैधानिक सुरक्षाहरू भत्काउने र जनताको अधिकार कुण्ठित गर्ने नियम स्थापित गर्ने डरलाग्दो प्रयास’ हो।’

“यो कठोर कदम भारतमा लोकतन्त्र र सङ्घीयताका लागि ‘मृत्युको घण्टी’को रूपमा आएको छ,” विपक्षी दलकी समेत नेता रहेकी बनर्जीले भने ।

अमेरिकी थिंक ट्यांक फ्रिडम हाउसले गत वर्ष मोदीको भाजपाले ‘राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन सरकारी संस्थाहरूको बढ्दो प्रयोग’ गरेको बताएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०