अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
१ वर्षअघि

अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब दिने जनाएको छ

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि दबाब बढाउन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएका प्रष्टिकरण दिएकी हुन् ।
यसअघि ट्रम्प प्रशासनले भारतविरुद्ध गरिएको आर्थिक कदमलाई पेनाल्टी वा ट्यारिफ मात्र बताउँदै आएको थियो।

Advertisement

ट्रम्पले भारतमाथि ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेका छन्। यसमा २५ प्रतशत ‘रेसिप्रोकल’र रूसबाट तेल किन्दा २५ प्रतिशत पेनाल्टी तिराउने निर्णय गरेका छन् । रेसिप्रोकल ट्यारिफ ७ अगस्टदेखि लागू भएको छ भने पेनाल्टी २७ अगस्टदेखि लागू हुनेछ।
लिभिटका अनुसार यसको उद्देश्य रूसमाथि दोस्रो चरणको दबाब सिर्जना गर्नु हो, जसले गर्दा ऊ युद्ध अन्त्य गर्न बाध्य होस्।

सोमबार राति ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। ट्रम्पले यो भेटलाई सफल भने भनेका छन् । जेलेन्स्कीले यसलाई ‘अहिलेसम्मको सबैभन्दा राम्रो वार्ता’को संज्ञा दिए ।

तर यस क्रममा रूस–युक्रेनबीच युद्धविराममा सहमति हुन सकेनन। ट्रम्पले भने, ‘यति छिट्टै युद्धविराम सम्भव छैन।’

बैठकमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा छलफल भएको थियो। ट्रम्पले अमेरिका र युरोपेली देशहरू मिलेर यसमा काम गर्ने बताए।

बैठककै क्रममा ट्रम्पले रोक लगाएर राष्ट्रपति भ्लादिमिर पुतिनसँग करिब ४० मिनेट फोनमा कुरा गरेका थिए। पुतिनले युक्रेन र रूसका प्रतिनिधिहरूबीच प्रत्यक्ष वार्ता गर्नुपर्ने समर्थन जनाए। यो वार्ता आगामी १५ दिनभित्र हुने बताइएको छ।

बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलनमा युक्रेनले सुरक्षा ग्यारेन्टीको सट्टामा युरोपेली सहयोगको पैसाले करिब ९० अर्ब डलर (८ लाख करोड रुपैयाँ) बराबरका अमेरिकी हतियार खरिद गर्ने बताए ।

ट्रम्प–पुटिन भेट

गत १५ अगस्टमा अलास्कामा ट्रम्प र पुटिनबीच करिब ३ घण्टा लामो बैठक भएको थियो। बैठकपछि दुवै नेताले मात्रै १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकारको कुनै प्रश्नको जवाफ दिएनन्।

ट्रम्पले बैठकलाई ‘सकारात्मक’ भने र केही बुँदामा सहमति भएको तर कुनै औपचारिक सम्झौता नभएको बताए। ‘सम्झौता अन्तिम रूप पाएपछि मात्र सम्झौता हुन्छ,’ उनले भने।

ट्रम्पले यस बैठकलाई १० मध्ये १० अंक दिए । पुटिनले अर्को बैठक मास्कोमा गर्न सुझाव दिए।

पुटिनले जमिन नछाड्ने

रूसले हाल युक्रेनको करिब २० प्रतिशत भूभाग, अर्थात् १ लाख १४ हजार ५०० वर्गकिलोमिटर क्षेत्रमा नियन्त्रण जमाएको छ।

यसमा क्राइमिया, डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिजिया जस्ता क्षेत्र पर्छन्। रूसले यी क्षेत्रलाई आफ्नो सामरिक र ऐतिहासिक क्षेत्र मानेको छ ।

जेलेन्स्की युक्रेनले आफ्नो एक इन्च पनि जमिन रूसलाई दिने पक्षमा छैनन् । अहिले पछाडि हटेमा देशको सार्वभौमसत्ता र सुरक्षामा खतरा पर्न सक्ने उनले बताए । भविष्यमा रूसलाई अझ ठूलो आक्रमण गर्ने अवसर मिल्न सक्ने चिन्ता उनलाई छ।

जेलेन्स्की युद्धविरामका लागि कुनै पनि पूर्वशर्त स्वीकार गर्न तयार छैनन्। उनले भने, ‘रूसलाई कुनै हालतमा युक्रेनको अर्को विभाजन गर्न दिइने छैन’, उनले भने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०