पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
१ वर्षअघि

भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी आवासमै आक्रमण भएको छ ।
बुधबार बिहान चलेको जनसुनुवाइका क्रममा उनलाई एकजना पुरूषले आक्रमण गरेका हुन् । समाचार अनुसार उनलाई ती पुरूषले थप्पड हानेका हुन् ।

दिल्लीस्थित भारतीय जनता पार्टीका अध्यक्ष विरेन्द्र सक्सेनाले भने, ‘आरोपीले मुख्यमन्त्रीको हात समातेर तानेका कारण उनी कुनामा ठोक्किइन्। यस क्रममा टाउकोमा चोट लागेको छ। थप्पड हानिएको कुरा गलत हो।’ मुख्यमन्त्री कार्यालयले पनि आक्रमणको पुष्टि गरेको छ । ‘आज जनसुनुवाइका क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरेका छन्। उनलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।’

Advertisement

आरोपीले आफ्नो नाम राजेशभाई खीमजीभाई सकरिया (४१) बताएका छन् । उनी गुजरातको राजकोटका बासिन्दा हुन्।
दिल्लीस्थित भाजपा प्रवक्ता प्रविण शंकर कपूरले भने, ‘३५ वर्षको एक व्यक्ति जनसुनुवाइमा आएको थियो। उनले मुख्यमन्त्रीलाई कागजात दिएका थिए। त्यसपछि केही वादविवाद भयो । उनले आक्रमण प्रयास गरे। यिनी कुनै पार्टीसँग जोडिएका हुन सक्छन्, जुन अहिले निराश छन्।’

दिल्ली कांग्रेस प्रमुख देवेन्द्र यादवले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । ‘रेखा गुप्ता सम्पूर्ण दिल्लीकी मुख्यमन्त्री हुन्। यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ। यसले महिलाको सुरक्षा व्यवस्थाको अवस्था उजागर गरेको छ। यदि दिल्लीकी मुख्यमन्त्री नै सुरक्षित छैनन् भने सामान्य पुरुष वा महिला कसरी सुरक्षित हुन सक्छन्?’

आरोपी रिक्सा चालक, आमाले भनिन्–छोरा पशुप्रेमी

राजेशभाइ खीमजीभाइ सकरिया राजकोटको कोठारिया क्षेत्रमा बसेर रिक्सा चलाउने व्यक्ति हुन्। राजकोट प्रहरी उनको घर पुगेको थियो। त्यहाँ आमाले भनिन्, ‘मेरो छोरा पशुप्रेमी हो। दिल्लीमा कुकुर समात्नेबारे सर्वोच्च अदालतको आदेशपछि ऊ दुःखी भएको थियो। त्यसैले ऊ दिल्ली गएको हो।’

रेखा गुप्ता २० फेब्रुअरी २०२५ मा दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। दिल्ली विधानसभा चुनावमा उनले आप नेतृ वन्दना कुमारीलाई २९,५९५ मतले हराएकी थिइन्।

रेखा लामो समयदेखि राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) सँग जोडिएकी हुन्। उनी दिल्ली भाजपाकी महासचिव र भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्ष समेत थिइन्।

घटनापछि दिल्लीका मुख्य सचिव र मन्त्रीहरू मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री आवास पुगेका थिए। त्यहीँ उनको उपचार भइरहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०