पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
११ महिनाअघि

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ । चालु आर्थिक वर्षमा गड्डाचौकी–चिसापानी सडक खण्ड १२६ किलोमिटर विस्तार तथा मर्मत्का लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

Advertisement

सडक डिभिजन महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बजेट अभावका कारण सडक विस्तार ढिलो भएको बताए। गत आर्थिक वर्षमा करिब तीन करोड मात्र विनियोजन भएपछि कल्र्भट निर्माण र केही सडक मर्मत गरिएको थियो । वेदकोट नगरपालिकाको सुडास्थित बाढीले बगाएको पुल गत वर्ष निर्माण गरिएको छ ।

एक करोड ५० लाखमा निर्माण गरिएको उक्त योजनाको रु ८० लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । प्रमुख यादवले भने, ‘हामीसँग राजमार्ग मर्मत र विस्तारका लागि आवश्यक बजेट विनियोजन हुँदैन, बजेट अभावले काम गर्न सकिएको छैन ।’

गड्डाचौकी–चिसापानी खण्डमा हालसम्म १२ किलोमिटर मात्रै सडक विस्तार गरिएको छभने १२ वटै कल्र्भट निर्माण गरिएका छन् । सडक डिभिजनले शहरी क्षेत्र र बस्ती नजिकको राजमार्गलाई दाँयाबायाँ तीन-तीन मिटर सडक चौडासँगै कल्र्भट निर्माण गर्दै आएको छ ।

पूर्वपश्चिम राजमार्गको यस सडकखण्ड विस्तार तथा मर्मतका लागि मात्रै वर्षेनी  १५ करोड आवश्यक पर्ने प्रमुख यादवले बताए । पूर्व पश्चिम राजमार्गको लम्बाइ एक हजार २७ किलोमिटर छ । विश्व बैङ्क र एशियाली विकास बैङ्कसहितका दातृनिकायको सहयोगमा राजमार्गको विभिन्न खण्ड स्तरोन्नति सुरु गरिएको हो । तर गड्डाचौकी–चिसापानी खण्ड विस्तारका लागि अध्ययन सम्म हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न २१ अर्ब विनियोजन गर्ने घोषणा गरेपनि त्यसका लागि विभागबाट परामर्शदाता नियुक्ति, अध्ययन, ‘इआइए’, बजेटको स्रोत सुनिश्चतलगायत नभएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सन् १९६१ मा निर्माण सुरु गरिएको पूर्वपश्चिम राजमार्ग नेपालको प्रमुख रणनीतिक सडक हो । यसलाई चार लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ ।

महेन्द्र राजमार्गको काँकरभिट्टा–चन्द्रौटा, इटहरी–कञ्चनपुर, कञ्चनपुर–कमला, कमला पथलैया, नारायणगढ–बुटवललगायतका खण्ड सडक विस्तार भइरहेको छ । धानखोलादेखि लमहीसम्म सडक स्तरोन्नति अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको अनुदानबाट अघि बढाइएको छ ।

स्थानीयले गड्डाचौकी–चिसापानी सडक खण्ड विस्तार गरिनुपर्ने माग राख्दै आएका छन् । यो सडक खण्ड विस्तार नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । यस राजमार्गको गड्चौकी–अत्तरिया सडक खण्ड गत आर्थिक वर्षमा मात्र १२६ वटा सडक दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरको तथ्याङ्कअनुसार सो दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छभने २४१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगर प्रमुख लक्ष्मण पचभैयाले बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम बढेको बताए।

उनले सडक संरचना साँघुरो हुनु दुर्घटनाको प्रमुख कारण भएको बताए।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य

मङ्गलबार ३० असार, २०८३
४ minutes

सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज

मङ्गलबार ३० असार, २०८३
४ घण्टाअघि

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री

मङ्गलबार ३० असार, २०८३
७ घण्टाअघि

उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै

मङ्गलबार ३० असार, २०८३
७ घण्टाअघि

गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?

मङ्गलबार ३० असार, २०८३
७ घण्टाअघि

प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई

मङ्गलबार ३० असार, २०८३
७ घण्टाअघि
कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
मङ्गलबार ३० असार, २०८३
मन्त्रिपरिषद्का ५ निर्णय: मिटरब्याज आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवामा कार्यकारी अध्यक्ष नियुक्तिसम्म
मङ्गलबार ३० असार, २०८३
सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज
मङ्गलबार ३० असार, २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ
मङ्गलबार ३० असार, २०८३
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०