इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
११ महिनाअघि

गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ ।

Advertisement

प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका तस्बिरहरू देखाउँदै युद्धले आम नागरिकलाई पारिरहेको पीडाबारे आक्रोश पोखेका थिए । अहिले गाजामा दुई सय ५० भन्दा बढी मानिस भोकमरी वा कुपोषणका कारण मृत्यु भएको छ ।

गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास छ । बन्धकका परिवारहरूले सरकार र हमास दुवैलाई दोष दिएका छन् ।

पूर्वसैनिक र गुप्तचर अधिकारीहरूले पनि युद्ध अन्त्य गर्न सम्झौताको आवश्यकता औँल्याएका छन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक मुक्तिलाई ढिलाइ गर्छ र अर्को आक्रमण सुनिश्चित गर्छ’ भन्दै सम्झौतामा आपत्ति जनाइरहेका छन् ।

यसअघि केही बन्धक मुक्त गर्ने युद्धविराममा सहमति भएपछि नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भनेका छन् ।

यसैबीच, इजरायली सेनाले गाजामा कम्तीमा १७ जना सहायता खोज्ने नागरिकलाई मारेको अस्पतालहरूले बताएका छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घका ट्रकको पर्खाइमा थिए । प्रत्यक्षदर्शीहरूले सेनाले भीडतर्फ गोली चलाएको बताएका छन् । मध्य गाजाको बुरेज शिविरमा आक्रमण हुँदा थप तीन जना मारिएको खबर आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ६१ हजार नौ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये आधा महिला र बालबालिका छन् ।

आइतबार मात्रै कुपोषणका कारण दुई बालबालिका र पाँच वयस्कको मृत्यु भएको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा भोकमरी सबैभन्दा उच्च स्तरमा पुगेको चेतावनी दिएको छ ।

अब इजरायली सेना गाजा सहर, मुवासी र अन्य भीडभाड क्षेत्रहरूमा नयाँ आक्रमण गर्न तयारीमा रहेको बताइएको छ । सेनाले मानिसहरूलाई दक्षिणतर्फ सार्ने योजना बनाए पनि ‘सुरक्षित क्षेत्र’ भनिएका ठाउँहरूमा पनि बम प्रहार भएको छ । धेरै प्यालेस्टिनीले ‘गाजामा कतै सुरक्षित नभएको’ भन्दै आफ्नो स्थान नछोड्ने अडान लिएका छन् ।

यसैबीच, इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण गरेको छ । आक्रमणमा राजधानी सानााको पावर प्लान्ट क्षतिग्रस्त भएको छ । इजरायलले आफ्नो भूमिमा लक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा हमला गरिएको बताएको छ । हुथीहरूले भने बेन गुरियन विमानस्थल लक्षित गरेको दाबी गरेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०