दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा वार्षिक अभ्यास सुरु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
१ वर्षअघि

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन् ।

यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ । उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ ।

Advertisement

एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन् । यसमा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ ।

सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ ।

गत हप्तामा उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताएका थिए ।

यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ । उनी अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा छन् । ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेका थिए, जसले गठबन्धनमा दबाब बढाएको छ ।

उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ । नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । लीले सोमबार भने, “हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो ।”

दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ । अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो ।

ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ । त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो–फ्लाई जोन बनाएको थियो । तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो । उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुनःस्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । यद्यपि, केही अभ्यास क्षेत्रहरूमा गर्मी र बाढीका कारण क्षति भएकाले आधा प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको छ ।

ट्रम्पले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएका थिए । उनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे सङ्केत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ ।

विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले उत्तर कोरियासँगको खतरामा अझ ठूलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ । यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ ।

हालै पत्रकारहरूसँग बोल्दै, अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्त्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताएका थिए ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो

शनिवार ६ मङ्सिर, २०८३
१३ घण्टाअघि

प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री

शनिवार ६ मङ्सिर, २०८३
१५ घण्टाअघि

त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर

शनिवार ६ मङ्सिर, २०८३
१७ घण्टाअघि

विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका

शुक्रबार ५ मङ्सिर, २०८३
१ दिनअघि

निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि

उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता

शुक्रबार ५ मङ्सिर, २०८३
२ दिनअघि
ओलीको आरोप : जेनजी आन्दोलनपछि संविधानविपरीत संसद् विघटन गरियो
शनिवार ६ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणबाट हवाई मार्गको गाँठो फुक्ने निजी क्षेत्रको अपेक्षा प्रधानमन्त्री
शनिवार ६ मङ्सिर, २०८३
दलको पक्षमा लागेर नेताको चाकडी गर्ने कर्मचारीलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
शनिवार ६ मङ्सिर, २०८३
त्रिविमा विकेन्द्रीकरण विस्तारको तयारी, १२ क्याम्पस अझै प्रक्रियाबाहिर
शनिवार ६ मङ्सिर, २०८३
विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका
शुक्रबार ५ मङ्सिर, २०८३
निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न
शुक्रबार ५ मङ्सिर, २०८३
उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता
शुक्रबार ५ मङ्सिर, २०८३
एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
शुक्रबार ५ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणदेखि जग्गा नापजाँचसम्म, मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक
शुक्रबार ५ मङ्सिर, २०८३
यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर
शुक्रबार ५ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०