रथयात्रामा फूल र विरुवाको संरक्षण गर्न महानगरले स्वयमसेवक परिचालन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३२ साउन, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र विरुवाको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र विरुवामा क्षति पुग्ने भन्दै महानगरले स्वयम्सेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो ।

फूल र विरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको छ ।

महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले फूल र विरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरे ।

‘तपाईंहरु पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईंहरुले कुटपिट गर्ने र हुलहुज्जत गर्ने काम नगर्नुहोला,’ उनले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसार ढुंगेल, रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, नगर प्रहरीका डिएसपी अनमोल खड्कालगायतले रथयात्रालाई मर्यादित र व्यवस्थित बनाउने सबैको दायित्व भएको बताए ।

फूल र विरुवाको संरक्षणका लागि ५ सय युवा स्वयम्सेवक परिचालन गरिने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

प्रकाशित समय: शनिवार ३२ साउन, २०८२, १४:१९:३२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०