अस्ट्रेलियामा नेपाली विद्यार्थीको साहस : यौन दुर्व्यवहारविरुद्ध मुद्दा जितेर पाइन् झन्डै तीन करोड रुपैयाँ !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० साउन, २०८२
१ वर्षअघि

एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १८ वर्षको उमेरमा अस्ट्रेलिया पुगेकी थिइन्, नेपालकी बिप्लवी मगर । अवसरले भरिपूर्ण सहरमा अध्ययन गर्ने चाह राखेर सिड्नी पुगेकी बिप्लवीले पढाइसँगै जागिर थालिन् ।

उमेरले २१ पुग्नै लाग्दा अर्थात् सन् २०२१ मा उनले सिड्नीको नर्थवेस्ट क्षेत्रमा रहेको म्याड मेक्स रेस्टुरेन्टमा काम गर्न थालिन् । त्यसको दुई वर्ष बितेपछि उनलाई मानसिक रूपमा ‘टर्चर’ दिइन थालियो ।

Advertisement

सन् २०२३ देखि उक्त रेस्टुरेन्टका म्यानेजर शेर खानले बिप्लवीलाई यौन दुर्व्यवहार गर्न थाले । खानले उनलाई अश्लील प्रश्नहरू सोध्ने, अश्लील सामग्री देखाउने र यौन खेलौना देखाउने जस्ता क्रियाकलापहरू गरेका थिए ।

६२ वर्षका शेर खानले बिप्लवीलाई कहिले आफूसँग कारमा चढ्न भन्थे भने कहिले सेक्स टोइज देखाउँदै यसको प्रयोग गर्ने विधिबारे जानकारी दिन खोज्थे । यो क्रम निरन्तर एक महिनाजति चल्यो ।

शेर खानका हर्कतहरूबीच उनले सँधै नकार्न खोज्थिन् । उक्त फ्रेन्चाइज रेस्टुरेन्टका मालिकले निरन्तर रूपमा यौन दुर्व्यहार गरिरहेपछि बिप्लवी मगर मानसिक तनावमा परेका थिइन् । जसकारण लामो समयसम्म उनी काम गर्न पनि असमर्थ भइन् ।

एक आप्रवासी विद्यार्थी भएका कारण हेल्पलेस महसुस गर्न थालेकी उनले रेस्टुरेन्टमा काम छोडिन् । करिब अढाइ वर्ष उनले कतै काम गरिनन् । कोठाबाट बाहिर पनि निस्किनन् ।

सामाजिक त्रासका कारण उनी बाहिर जान डराउँथिन् । यसबीचमा उनले आँट गरेरै आफ्ना पूर्व बोस खानविरुद्ध मुद्दा लड्ने अठोट गरिन् । नभन्दै अहिले न्यायालयले २५ वर्षीया बिप्लवीको पक्षमा फैसला गर्दै खानलाई जेल पठाएको छ ।

पूर्वप्रबन्धक खानलाई अस्ट्रेलियाको संघीय अदालतले दोषी ठहर गरेको हो । अदालतले शेर खानको बचाउलाई अस्वीकार गर्दै बिप्लवी मगरको बयानलाई विश्वसनीय र स्पष्ट ठहर्‍यायो ।

अदालतका न्यायाधीश रोबर्ट ब्रोमविचले शेर खानको बचाउलाई ‘अस्वीकार्य’ र ‘अशोभनीय’ भन्दै थप क्षतिपूर्ति आदेश दिएका थिए । यसका साथै, बिप्लवीलाई तीन लाख पाँच हजार अस्ट्रेलियाली डलर अर्थात् नेपाली दुई करोड ७९ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिने निर्णय फैसला गरेको छ ।

उनलाई एक लाख ६० हजार अस्ट्रेलियाली डलरको सामान्य क्षतिपूर्ति र एक लाख ३० हजार अस्ट्रेलियाली डलरको गुमेको आम्दानीको क्षतिपूर्ति पनि प्रदान गरिएको छ ।

यो फैसला अस्ट्रेलियामा यौन दुर्व्यवहारसम्बन्धी हालसम्मकै सबैभन्दा ठूलो क्षतिपूर्ति रकमको रूपमा लिइएको छ ।

यसअघि सन् २०२३ मा एक ज्वेलरी स्टोरकी कामदारमाथि भएको यौन दुर्व्यवहारको मुद्दामा दुई लाख ६८ हजार अस्ट्रेलियाली डलर क्षतिपूर्ति भराइएको थियो ।

त्यसबाहेक फ्रेन्चाइज रेस्टुरेन्टबाट खानलाई हटाइएको छ भने बिप्लवीको रेन्टुरेन्टमा पुनर्बहाली भएको छ । विप्लबीले शीर ठाडो पारेर सोही रेस्टुरेन्टमा काम थालिसकेकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०