१८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार भएपछि झुम्का कारागारमा छानबिन समिति गठन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० साउन, २०८२
१ वर्षअघि

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकास्थति झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर एक जना कैदी फरार बनेपछि छानबिन समिति गठन गरिएको छ ।

सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री बुधबार बिहान फरार भएका थिए ।

Advertisement

जेलर सुवासकुमार लामिछानेका अनुसार उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएका हुन् ।

मुढा बुन्ने बाँसहरूको सहयोगमा अप्रत्याशित रूपबाटै कैदी भागेको र वर्षा भइरहेकाले उनी भागेको थाहा हुन नसकेको लामिछानेले बताए ।

जिल्ला अदालत सुनसरीले गत २५ चैतमा खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसअघि उनी २१ साउन ०८१ बाट पुर्पक्षका लागि कारागारमा थिए ।

उनी त्री फरार भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिमा प्रहरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग, कारागारलगायत क्षेत्रका प्रतिनिधिलाई सदस्यका रूपमा राखिएको छ ।

समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्ने र कैदी फरार भएको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

यसअघि २३ कात्तिक ०६९ मा पनि झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भएका थिए । जसमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर गत २४ कात्तिक ०८१ मा सार्वजनिक गरेको थियो ।

११ जना अझै फरार छन् । एक हजार ६ सय कैदीबन्दी क्षमता रहेको झुम्का कारागारमा हाल एक हजार ७९५ छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
दुर्गा प्रसाईंले पाए ‘नेपाल पथ दल’ दर्ताको प्रमाणपत्र
शुक्रबार २३ असोज, २०८३
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०