उदयपुरमा जंगली च्याउ खाँदा आठ जना बिरामी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
१२ महिनाअघि

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जंगली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् ।

जंगलको च्याउ खाएर बिरामी हुनेहरूमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बिषालु जंगली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताए ।

अध्यक्ष राउतका अनुसार बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको छ ।

सदा परिवारले मंगलबार बिहान घर नजिकै जंगलबाट च्याउ ल्याएर तरकारी बनाएर खाएकोमा अचानक सबैलाई बान्ता आउन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टार भर्ना गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडा अध्यक्ष राउतले आर्थिक अवस्था दयनीय रहेकाले सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

प्रकाशित समय: मङ्गलबार २८ साउन, २०८२, १७:१०:४२
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०