भारतलाई अप्ठयारो पारिरहेको अमेरिका चीनप्रति नरम, अतिरिक्त शुल्कको निर्णय फेरि ९० दिनलाई स्थगित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
१ वर्षअघि

रसियाबाट हतियार र तेल किनेको आरोपमा भारतमाथि ५० प्रतिशत अतिरिक्त कर थोपरेको अमेरिका चीनसँग भने नरम देखिएको छ।

अमेरिकाले चीनमाथि अतिरिक्त शुल्क (एक्स्ट्रा ट्यारिफ) लगाउने निर्णय ९० दिनका लागि स्थगित गरेको छ।

Advertisement

सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै यूएस–चीन ट्यारिफ डेडलाइनलाई ९ नोभेम्बरसम्म बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।

यसअघि ११ मेमा जेनेभामा भएको अमेरिका–चीन व्यापार सम्झौतामा शुल्क बढाउने निर्णयलाई ९० दिनका लागि स्थगित गर्ने सहमति भएको थियो। अहिले चीनमाथि ३० प्रतिशत कर लागु गरिएको छ।

अमेरिका र चीनबीच लामो समयदेखि ट्यारिफ युद्ध चल्दै आएको छ। ट्रम्पले चीनमाथि २४५ प्रतिशतसम्म ट्यारिफ लगाउने धम्की दिएका थिए । चीनले जवाफमा १२५ प्रतिशत शुल्क लगाउने चेतावनी दिएको थियो। तर जेनेभा सम्झौतापछि यो लागू भएको छैन।

समयावधि बढाउने केही घण्टाअघि पत्रकार सम्मेलनमा ट्रम्पलाई चीनमाथि ट्यारिफ बढाउनेबारे प्रश्न सोधिएको थियो। उनले भने,‘हेर्नुहोस्, के हुन्छ। उनीहरू निकै राम्रोसँग काम गर्दैछन्। मेरो र राष्ट्रपति जिनपिङको सम्बन्ध निकै राम्रो छ।’

चीनमाथि थप शुल्क लगाउने प्रश्नमा उपराष्ट्रपति जेडी भेन्सले फक्स न्युजसँगको अन्तर्वार्तामा यस्तो कदम लिनु कठिन र हानिकारक हुन सक्ने बताए। उनले चीनमाथि शुल्क लगाउने विचार भइरहेको तर हाल अन्तिम निर्णय नगरिएको बताए।

अमेरिकाको उच्च ट्यारिफले चीनको निर्यात र उद्योगमा प्रत्यक्ष असर पार्नेछ। चीनले अमेरिकामा करिब ५०० अर्ब डलर (४३ लाख करोड रुपैयाँ) भन्दा बढीको सामान निर्यात गर्छ।

एप्पल जस्ता कम्पनीहरूले चीनमा ठूलो मात्रामा उत्पादन गर्छन्, जसले मूल्यवृद्धि भोग्नु पर्ने हुन्छ। फाइनान्सियल टाइम्सका अनुसार, ट्यारिफ बढेमा चीनको जीडीपी १ प्रतिशतसम्म घट्न सक्ने सम्भावना छ।

भारतमा पनि अतिरिक्त शुल्क

गत साताको निर्णयअनुसार, राष्ट्रपति ट्रम्पले रूसबाट तेल किनेको भन्दै भारतमाथि २५ प्रतिशत अतिरिक्त शुल्क घोषणा गरेका थिए। यसपछि भारतमाथि कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ, जुन २७ अगस्टदेखि लागू हुनेछ।

भारतले यस निर्णयको कडा आलोचना गर्दै यो गलत भएको जनाएको छ। विदेश मन्त्रालयले तेल आयात बजारको आधारमा हुने र १.४ अर्ब जनताको ऊर्जा आवश्यकताका लागि अनिवार्य भएको स्पष्ट पारेको छ।

गत महिनामा ट्रम्पले रुसमाथि पनि १०० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए । यदि ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरेमा थप ट्यारिफ लगाउने बताएका थिए। साथै, रूसबाट तेल किन्ने देशमाथि सेकेन्डरी शुल्क पनि लगाइने चेतावनी दिएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०