सैनिक तैनाथी बढाएर पुटिन-ट्रम्प वार्ता हुन लागेको जेलेन्स्कीको आरोप

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्धरत रूसमाथि ‘सैनिक तैनाथी बढाएर अमेरिकासँग वार्ता गर्न लागेको आरोप लगाएका छन्‌ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तीन दिनपछि (अगष्ट १५ मा) अलास्कामा भेटवार्ता हुँदैछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई केही समययता युक्रेनमाथि आक्रमण तत्काल रोक्न, अन्यथा गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिँदै आएका छन्‌ । पुटिनले पनि रूसलाई कमजोर नआँक्न भन्दै कडा प्रतिवाद गरेका छन्‌ । यही कटु वाकयुद्धबीच दुई नेताबीच भेटवार्ता हुन लागेको हो । भेटवार्ताको पूर्वसन्ध्यामा पुटिनले आफू युद्धविरामका लागि तयार रहेको पनि बताएका छन्‌ ।

Advertisement

तर, युद्धविरामको नाटक गरेर पुटिनले वास्तवमा केही नगरेको आरोप यु्क्रेनी राष्ट्रपति जेलेन्स्कीले लगाएका हुन्‌ । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्‌, ‘पुटिनले के तयारी गरिरहेका छन्‌ भन्नेबारे खुफिया र सैन्य कमाण्डबाट थप एक रिपोर्ट प्राप्त भएको छ, यो स्पष्ट भएको छ कि पुटिन न युद्धविरामको तयारी गर्दैछन्‌, न त युद्ध समाप्त गर्ने तयारी ।’

अमेरिकासँग हुने वार्तालाई पुटिनले आफ्नो व्यक्तिगत जीतका रूपमा पेश गर्न चाहेको जेलेन्स्कीले उल्लेख गरेका छन्‌ । वार्ता सकिएपछि पुटिनले युक्रेनमाथि पहिले झैँ दबाब बढाउने उनको भनाइ छ ।

रूसबाट युद्धविरामबारे आफूले कुनै सङ्केत प्राप्त नगरेको र रूसी पक्षलाई पनि युद्धपश्चात्‌को तयारीका लागि केही भनेको नबुझिएको जेलेन्स्कीले दाबी गरेका छन्‌ ।

जेलेन्स्कीले अगाडि भनेका छन्‌, ‘यस विपरीत रूसले आफ्ना सैनिक र सामरिक शक्ति तैनाथ गरिरहेको छ, यसले नयाँ सैन्य कारबाही तयारीको सङ्केत गरेको छ, शान्ति चाहने कसैले यस्तो गर्दैन ।’

भेटवार्ता हुनुअघि ट्रम्पले युक्रेनका केही हिस्सा रूसबाट फिर्ता गराउने प्रयासमा लाग्ने बताएका छन्‌ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०