चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उनको त्यही पात्रको कथाको वृत्तान्त हो ।

अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउँछन् । उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियापश्चात् कलाकार घिमिरेले यस चलचित्रमा मनोरञ्जनसँगै गहन विषय उठान गरिएको बताउँछन् । उनले भने, “चलचित्रका प्रचार सामग्री हेर्दा रमाइलो मात्र लाग्न सक्छ, तर यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । यो मेरो ‘माग्ने बुढा’ को पात्रलाई प्रस्ट्याउने चलचित्र बनेको छ ।”

Advertisement

उनले चलचित्र आफूमै केन्द्रित रहेको बताए । एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको निर्माण पक्षत्रले जनाएको छ । उक्त चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रमा ‘माग्ने बुढा’ को चरित्रलाई पूर्ण रुपमा प्रस्तुत गरिएको बताए ।

“यो माग्ने बुढाको जीवनयात्रा हो भन्दा फरक नपर्ला । किनकि यसमा हामीले उहाँको चरित्रलाई केन्द्रित गरेर कथा तयार गरेका छौँ । कलाकार घिमिरेको उपनामलाई प्रस्ट्याउने चलचित्र हो”, उनले भने । अभिनेत्री वर्षा सिवाकोटीले कथावस्तु र निर्माण समूहका कारण आफूले चलचित्रमा काम गरेको बताउनुभयो । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्ने हाँसो र रोदनको मिश्रण ‘माग्ने राजा’ मा रहेको बताए ।

उक्त चलचित्रलाई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहनुभएका कलाकार मुनाल घिमिरेले निर्माण गरेका छन् । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शन गरिने वितरक रोहित कट्टेलले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
१३ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१८ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१८ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
२० घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
२१ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
२२ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०