बर्जु गाउँपालिकामा शिक्षकहरूको विरोधसभा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
१ वर्षअघि

बर्जु । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार
नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ विरोध कार्यक्रम आयोजना गरिएको छ ।

सोही कार्यक्रमअन्तर्गत बर्जु गाउँपालिका कार्यालयको प्रांगणमा हिजो बिहान राहत शिक्षकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उदासीनताविरुद्ध विरोध सभा गरिएको हो ।

Advertisement

कार्यक्रममा बर्जु गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत राहत शिक्षकहरूको बाक्लो उपस्थिति थियो ।

सहभागीहरूले हातमा मागपत्रसहितका प्लेकार्ड बोकेका थिए र “राहत शिक्षकको स्थायी व्यवस्था गर”, “शिक्षकको अधिकार सुरक्षित गर” जस्ता नाराहरू घन्काएका थिए ।

उनीहरूले लामो समयदेखि अस्थायी रूपमा कार्यरत राहत शिक्षकहरूको भविष्य अनिश्चित भएको भन्दै चाँडै स्थायी व्यवस्थापन गर्न सरकारलाई चेतावनी दिए ।

उनीहरूले राहत शिक्षकहरूकै योगदानमा विद्यालयहरू सञ्चालन भइरहेका बेला सरकारले उनीहरूको हक अधिकारलाई उपेक्षा गर्नु शिक्षा क्षेत्रको अपमान भएको टिप्पणी गरे ।

राहत शिक्षकहरूको स्थायीकरणको माग वर्षौंदेखि उठ्दै आएको भए पनि अहिलेसम्म ठोस नीतिगत निर्णय भएको छैन ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यसबारे कुनै ठोस योजना नल्याएको र छलफलमा पनि चासो नदेखाएको भन्दै केन्द्रीय समितिले देशव्यापी विरोध कार्यक्रमको आह्वान गरेको हो ।

स्थानीय समर्थन र सरोकारवालाको उपस्थिति
सभामा बर्जु राहत शिक्षक समितिका अध्यक्ष दिपेन्द्र कुमार चौधरी ,नेपाल शिक्षक माहासङ्घ बर्जु कार्यसमितिका अध्यक्ष तथा पुर्व सुनसरी जिल्ला राहत शिक्षक समितिका अध्यक्ष बिजय चौधरी ,बर्जु प्रधानाध्यापक सघका अध्यक्ष पुनितलाल चौधरी ,नेपाल शिक्षक संघका अध्यक्ष बिनोद गुरुङ ,नेपाल राष्ट्रिय शिक्षक सङ्ठ्नका अध्यक्ष युबराज श्रेष्ठ ,पुर्व राहत शिक्षक समिती बर्जुका अध्यक्ष आनन्दी कुमार चौधरीलागाएत स्थानीय समाजसेवी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सदस्य र पत्रकारहरू पनि उपस्थित थिए ।

उनीहरूले राहत शिक्षकको माग जायज भएको र यो प्रश्नलाई चाँडो समाधान नगरे शिक्षा प्रणाली कमजोर हुने चेतावनी दिएका थिए ।

कार्यक्रम संयोजकहरूले चेतावनी दिंदै भने, “यदि मागलाई सरकारले गम्भीरतापूर्वक लिएन भने, हामी अझ ठूलो आन्दोलनमा उत्रनेछौं ।”

उनका अनुसार आवश्यक परे काठमाडौँसम्मको केन्द्रीय प्रदर्शन र विद्यालयहरूमा शिक्षण बहिष्कारसम्मका कार्यक्रम घोषणा गरिनेछन् ।

आजको विरोध सभाले राहत शिक्षकहरूको स्थायी,सेवा सुविधा , व्यवस्थापनका लागि स्थानीय तहदेखि संघीय तहसम्म दबाब सिर्जना गर्दै अब अगामी कार्यक्रम नेपाल राहत शिक्षक केन्द्रिय समितिको तय अनुसार गर्ने भनी बर्जु राहत शिक्षक समितिका अध्यक्ष दिपेन्द्रकुमार चौधरीज्यूले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०