एक लाख २० हजार युवा नेपाल छोडेर दक्षिण कोरियामा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ साउन, २०८२
१ वर्षअघि

काठमाडौँ । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् ।

नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख १९ हजार ७६८ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।

Advertisement

कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार ३६५ महिलासहित एक लाख १९ हजार ७६८ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ ।

शाखाका अनुसार इपिएसमार्फत कोरिया जान कोरियन भाषा परीक्षामा अहिलेसम्म नौ लाख १९ हजार ६३१ युवाले आवेदन दिएका छन् ।

सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ८३ हजार बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

सन् २०२५ का लागि पाँच हजार तीन सय नेपाली श्रमिकको माग आएकोमा उत्पादनतर्फ तीन हजार पाँच सय जना र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय जनाको माग आएको इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार ९८४ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ ।

नेपालले इपिएसबाट श्रमिक पठाउन थालेयता सबैभन्दा धेरै सन् २०२३ मा १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए ।

सन् २०२४ मा नौ हजार २८५ जना दक्षिण कोरिया गए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कम लागत र अन्य देशमा भन्दा धेरै कमाइ हुने भएकाले युवाको प्राथमिकतामा दक्षिण कोरिया पर्ने गरेको बताए ।

“कोरियाले श्रमिक लैजाने प्रक्रिया एकदमै पारदर्शी छ । सरकारबिचको सम्झौतामार्फत पठाउने भएकाले सुरक्षित पनि छ,” उनले भने, “अन्य देशमा जाँदा लाग्ने भन्दा इपिएस प्रक्रियामार्फत असाध्यै कम लागत र धेरै आर्जन हुने भएकाले कोरिया नेपाली युवाको पहिलो रोजाइ मै पर्छ ।”

दक्षिण कोरिया सरकारले इपिएसमार्फत नेपालसहित इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

इपिएस शाखाका अनुसार अहिले पनि दक्षिण कोरियामा झन्डै ६०/६१ हजार नेपाली श्रमिकले काम गरिरहेका छन् ।

दुई देशबीचको रोजगार सम्झौता हरेक दुई/दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लो पटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो ।

त्यसपछि २०२४ मा हुनुपर्ने हालसम्म हु्न सकेको छैन ।

कोरियाले यसअघि कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकामा यस वर्ष पानी जहाज निर्माणको क्षेत्रमा पनि नेपालीलाई लिन थालेको इपिएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार दक्षिण कोरियाले गत वर्षदेखि सेवा क्षेत्र, रुट इन्डस्ट्री र वनक्षेत्रमा पनि श्रमिक माग गर्न थालेको छ ।

विभागका महानिर्देशक भट्टराईले नेपाली श्रमिक इमानदार र मेहनती हुने भएकाले कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको बताए ।

कोरियाले नेपाललाई सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै पुरस्कृतसमेत गरेको थियो ।

इपिएसमार्फत दक्षिण कोरियामा पुगेका नेपाली युवाले साना उद्योग, कृषिक्षेत्र र पानीजहाज बनाउने काम गर्दै आएका छन् ।

कोरिया गएका नेपालीले मासिक न्यूनतम तीन लाखदेखि बढीमा छ लाख रुपियाँसम्म कमाइ गर्न सक्ने जनाइएको छ ।

श्रमिकको कामको प्रकृति, ओभरटाइमलगायतले पनि कमाइ कति हुने निर्धारण हुने गरेको छ । इपिएस शाखाका अनुसार दक्षिण कोरियामा एक श्रमिकको न्यूनतम कमाइ साढे दुई लाखबाट सुरु हुने गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०